२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा १ सय ५६ विदेशी श्रमिकको शरिरमा किटनाशक औषधि छर्किईयो

२६ जेष्ठ २०७८, बुधबार ०६:२६

जेठ २६,  काठमाडौं । मलेसियामा अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकको शरिरमा अध्यागमनका अधिकारीहरुले किटनाशक औषधि छर्किएपछि दुईजना सांसदले त्यसको विरोध गरेका छन् । उनीहरुले सम्वन्धित जिम्मेवार निकायल यसको जवाफ दिनु पर्ने भन्दै यसलाई अमानविय तथा आत्मसम्मानमा आँच आउने काम भन्दै निन्दा गरेका छन् ।

अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकहरुको टाउको,हात लगायत शरिरमा किटनाशक औषधि छर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद डा. केल्भिन यीले त्यसो गर्नुको कारण मागेका छन् । उनीहरुलाई ठूलो समुहमा भुईमा बसाएर त्यसरी किटनाशक औषधि छर्किइएको भिडियो सार्वजनिक भएको छ ।


यदि कसैलाई उनीहरुले किटनाशक औषधि छर्किन्छन् भनें उनीहरुलाई समान व्यवहार गरिनु पर्दछ, चाहे ति विदेशी श्रमिक हुन् वा मलेसियन नागरिक यीले भनेका छन्, उनीहरुलाई खुल्ला चौरमा बसाएर जनावरलाई जस्तो गरेर किटनाशक औषधि छर्किनु अमानवीय काम हो । उनले कोभिड-१९ को भाइरस थुक, सिंगान जस्ता कुराबाट सर्ने देखिएका कारण धेरै व्यक्ति बसेको स्थानलाई किटनाशक औषधिले सफा गर्नु उचित रहेपनि मान्छेलाई नै औषधि छर्किनु उचित नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा १ सय ५६ जना आप्रवासी श्रमिक जो अवैधानिक रुपमा मलेसियामा बस्दै आएको अभियोगमा साइबरजयाबाट पक्राउ परेका हुन्, उनीहरुलाई त्यसरी औषधि छर्किइएको हो ।

तर सांसद यीले भनें विश्व स्वास्थ्य संगठनले कुनै पनि व्यक्तिलाई सरी डिटोल छर्किइदा आँखा तथा छालामा समस्या आउन सक्ने तथा शरिरभित्र गएमा पेटसम्वन्धि समस्या हुने स्पष्ट पारिसकेको अवस्थामा त्यसरी डिटाल छर्किनु पनि गलत भएको बताए ।

यसैगरी अर्का साँसद चाल्र्स सान्टियागोले अध्यागमन कार्यालयको काम गलत भएको बताए । मलेसिया महामारीसँग जुधिरहेको वखत यसरी अवैधानिक विदेशी श्रमिकका विषयमा केन्द्रीत हुनु अनावरश्यक रहेको धारणा राखे । उनले डिटोल छर्किनुको सट्टा विदेशी श्रमिकलाई कोभिड १९ को परीक्षण तथा खोप दिन केन्द्रीत हुन आवश्यक रहेको बताए । उनले १ सय ५६ जनालाई पक्राउ गरिएको तर मुलुकमा ५० लाख जति विदेशी श्रमिक रहेको भन्दै कसकसलाई पक्रेर सम्भव हुने भन्दै उनले गलत काममा नलाग्न सुझाव दिए ।

विदेशी श्रमिकलाई किटनाशक औषधि छर्किइएको विषयमा आप्रवासी श्रमिकको पक्षमा कार्यरत अधिकारकर्मीहरुले पनि आपत्ति जनाएका छन् । आप्रवासी श्रमिकको अधिकार पक्षमा कार्यरत संस्था नर्थ साउथ ईनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले देशपरदेशसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनले गर्न नहुने भनेको काम गर्नु गलत भएको भन्दै यस्तो अमानविय काम पुन: नदोहोर्याउन आग्रह गरे । उनले यस्तो कार्यले आप्रवासी श्रमिकलाई त्रसित बनाउने भन्दै राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञको सल्लाह अनुरुपको व्यवहार गर्न र विदेशी श्रमिक पक्राउ नगर्न अनुरोध गरे ।

मलेसियामा झण्डै २० लाख विदेशी श्रमिक वैधानिक रुपमा कार्यरत छन् । लाखौंको संख्यामा अवैधानिक रुपमा बसेर काम गर्नेहरु रहेको भनिएपनि त्यसको कुनै आधिकारिक तथ्याङ्क नहुने भएका कारण १० लाख भन्दा बढी नै विदेशी श्रमिक अवैधानिक रुपमा मलेसियामा कार्यरत रहेको अनुमान छ ।

विदेशी श्रमिकलाई औषधि छर्किइएकोमा विरोध भएपछि अध्यागन कार्यालयका महानिर्देशक खैरुल जाइमी दाउदले डिटोल छर्किइएको भन्दै बचाउ गरेका छन् । उनले आफू तथा आफ्ना अन्य कर्मचारीहरुलाई पनि त्यसरी नै डिटोल छर्किने गरिएको भनेको मलेसियाकिनीले लेखेको छ । देशपरदेशबाट साभार 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की