2026-06-20 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: अभिमुखीकरण तालिम लिनेहरु खचाखच भरिएपछि विभागको ध्यानाकर्षण

जेठ २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अन्तर्गत अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डको ख्याल नगरी केहि संस्थाहरुले अभिमुखीकरण तालिम कक्षा संचालन गरेको भन्दै विभागले ध्यानाकर्षण गराएको हो । 

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाद्वारा हस्ताक्षर भएको सूचना अनुसार कोरोना महामारीको समयमा कोभिड १९ फैलन नदिन स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको छ । सापकोटाका अनुसार केहि दिन यता केहि अभिमुखीकरण संस्थाहरुले सामान्य समयमा झैँ ठूलो संख्यामा युवाहरुलाई तालिममा सहभागी गराएको पाइएको बताएका छन् । यसै सम्बन्धमा ध्यानाकर्षण गर्दै वैदेशिक रोजगारमा प्रस्थान पूर्वको अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु सबैलाई विभागले सचेत गराएको हो । 

बिभागद्वारा जारी सूचनामा भनिएको छ 'हालको अवस्थामा कतिपय इजाजतपत्रवाला संस्थाहरुले जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नगरी अभिमुखिकरण तालिम कक्षा संचालन गरिरहेको विषयमा बिभागको ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराइन्छ । उक्त सम्बन्धमा विभागले थप निगरानी तथा छानवीन गर्ने व्यहोरा समेत सबैलाई सूचित गरिन्छ ।'

बिभागले यस सम्बन्धमा अहिले वैदेशिक रोजगार अभिमुखिकरण तालिम दिन हतार नगर्न भन्दै यस सम्बन्धमा थप स्पष्टिकरण दिएको छ 'हाल वैदेशिक रोजगार विभागले अनलाइन मार्फत हुने पुन: श्रम स्वीकृति सम्बन्धि सेवा सुचारु राखेको र सो बाहेक अत्यावश्यक परेकाहरुको हकमा अत्यन्तै सिमित मात्र नयाँ श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह शुरु गरेको छ ।' 

पछिल्लो समय कोरोनाको कारण निषेधाज्ञा जारी नै रहेको, उडानहरु सामान्य बेलामा जस्तो खुलिनसकेको र वैदेशिक रोजगारमा तत्कालै गइहाल्न पाइने अवस्था समेत नरहेको भन्दै बिभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण रुपमा ख्याल गर्न, सामान्य अवस्थामा झैँ ठूलो समूहमा राखेर तालिम नदिन सचेत गराएको छ ।

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाले साझा सबाललाई भने 'सामान्य अवस्थामा झैं खचाखच भरेर तालिम दिएको पाइएको छ, निषेधाज्ञा जारीनै रहेको र सिमितले मात्र वैदेशिक रोजगारमा जान पाउने अवस्थामा हतार गर्नुपर्ने देखिदैन ।' सापकोटाले बहने 'यस्तो गम्भीर अवस्थामा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले एकै दिन ठूलो संख्यामा राखेर तालिम दिनु गैरजिम्मेवारी हो । कुन संस्थाके कति संख्यामा राखेर तालिम दिईरहेका छन् भन्ने दैनिक रेकर्ड बिभागले निगरानी गरिरहेको छ । स्वास्थ्य मापदण्डलाई ख्याल नै नगरी तालिम दिए बिभागले कारवाही गर्छ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ