२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिकको खोप शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने

२०७८, १ असार मंगलवार ०४:४८

असार १, काठमाडौं । मलेसियामा विदेशी श्रमिकको कोभिड १९ विरुद्दको खोपको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने सरकारका एक बरिष्ठ मन्त्रीले बताएका छन् । श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको शुल्क श्रमिकबाट नअसुलिने व्यवस्था गर्न सम्वन्धित सरकारी निकायलाई चनाखो बनाइनुपर्ने बरिष्ठ मन्त्री अजमिन अलीले बताएका हुन् ।

मलेसियाको अनलाइन द स्टारका अनुसार खोप नि:शुल्क भएपनि श्रम क्षेत्रका लागि शुल्क लाग्ने र सो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गरिएको मन्त्री अलीले बताएका छन् । उनले खोप वापतको रकम श्रमिकबाट उठाउन नपाउने व्यवस्था कडाईपूर्वक लागु हुने पनि बताए । उनले दुई मात्रा नै खोप श्रमिकका लागि नि:शुल्क हुने पनि बताएका छन् । यसमा उद्योगीहरुको संगठनले पनि सहमति जनाएको बताएको समाचारमा जनाइएको छ ।

अन्तराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री अजमिनले खोप अभियानलाई सहज रुपमा सञ्चालन गर्न प्रशासनिक खर्च वापतको शुल्क तिर्न उद्यागीहरु सहमत भएको जनाए । बुधवार देखि सेलेंगर, जोहर तथा पेनाङमा सुरु हुने नमुना खोप अभियानमा आफू पनि अनुगमनमा जानसक्ने उनले बताएका छन् । मलेसिया सरकारले श्रमिकका लागि खोप लगाउने रोजगारदाताले प्रति मात्रा ९० रिंगिट तिर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित