2026-10-31 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भगवानलाई लाख पुकार्ने शुक्ला सुबेदीको ब्यथा यस्तो छ !

दलसिंह गिरी/साउन २८, कालिकोट । भगवानलाई लाख पुकारे तर हामी जस्ता गरिवलाई कुनै फल मिल्दै मिल्दैन रहेछ भन्दै बेदना पोख्छन् जिल्ला सदरमुकाम मान्म ठिक पश्चिम तिर पर्ने रकु गाविस वडा नं. १ लुसामा बस्ने शुक्ला सुबेदी । 

छोराको आसमा लगातार ६ वटी छोरीलाई जन्म दिएकी ३८ बर्षिया सुबेदी शिघ्र कुपोषण भएकी १८ महिने दुई वटी जुम्ल्या छोरी काखमा च्याप्दै भन्छन् समाजमा मलाई छोरा नपाउने अपुताली भन्छन् छोराकै आसमा ६ छोरी जन्मिए, जन्मिएका यी छोरीलाई समेत विहान बेलुका पुरापेट खान र नियमित एक सरो लुगा लगाउन पनि धौ धौ छ ।

१ हजार ५ सय ग्रामकी २ जुम्ल्याहा छोरी रिता र रेखालाई देखाउदै भन्छिन् म दुखिलाई भगवानले झन पापको भारी बोकायो कसरी पालु पती लोटेर विगत ३ बर्षदेखि अपांग छन् ज्याला मजदुरी गरी कमाउन सक्ने अवस्था पनि छैन । स्वास्थ्य चौकीले भन्छ यि दुई छोरीलाई कडा कुपोषण छ तर म संग औषधि गर्न सक्ने कुनै श्रोत छैन समाजमा कसैले पत्याउदैनन् । समाजले पत्याउने भए त छोरा जन्माउन नसक्ने अपुताली भन्नेहरुका अगाडी ठूला अस्पतालमा गै स्वास्थ्य जाचगरी छोरा जन्माएरै छोड्ने थिए यस्तै बेदना पोख्छन् शुबेदी । १४ वर्षको उमेरमा बिहे गरेको बताउने सुबेदी समाजको रमिते प्रबृतिका कारण गाउँ भन्दा अलि टाढा बस्न बाध्य भएको बताउछन् ।

यि शुक्ला सुदेदीको बेदना एक नमुना मात्र हो यस्ता पिडा र बेदाना समाजहरुमा थुपै भेटिन्छन् भन्छन् सामाजिक क्षेत्रमा परिचालकको रुपमा काम गर्ने पार्बती सिंह । किर्डाक नेपाल कालिकोट द्धारा संचालित एकिकृत शिक्षा परिचयोजना अन्तर्गत रकु गाविसमा काम गर्दै आएकी सिंह भन्छन् यस्ता घटना समाजमा धेरै छन् यसको बारे कसैले बोलिदिदैन कसैलाई सुनाउने हो भने पनि त्यो त्यस्तै हो समाजमा भैरहन्छ भन्ने प्रबृतिको हावी छ अनि कसरी हुन्छ लैंगिक समानता र सामाजिक रुपान्त्रण यस्तै पीडा खेप्न बाध्यछन ग्रामिण महिला ।

नेपालमा हुने बाल मृत्युदर, ख्याउटेपना, कमतौल भएका बालबालिका बढ्नुको एक प्रमुख कारण शिघ्र कुपोषण रहेको भन्दै विगत केही बर्ष देखि नेपाल सरकारले फरक फरक ६ वटा सरकारी निकायबाट कुपोषण उन्मुलन अभियान नेपालभर लागु गरेको छ । तर त्यो अभियान ग्रामिण भेगमा भने खासै प्रभावकारी ढंगले संचालन भएको पाईदैन ग्रामिण भेगमा पुपोषणका विरामीहरु ब्यापक बढेको स्वास्थ्यले पटक पटक संकलन गरेको तथांकले पनि देखाउने गरेको पाईन्छ ।

सरकारले शिक्षा क्षेत्र, स्थानीय निकाय, स्वास्थ्य संस्था, कृषि कार्यालय, पशुसेवा तथा महिला तथा बालबालिका कार्यालय जस्ता विभिन्न निकाय मार्फत बहुपोषण कार्यक्रम भन्दै बर्षेनी करोडौ बरावरको बजेट जिल्लाभर परिचालन गरेको पाइन्छ । तर परिचालित बजेट अनुसारको परिणाम देख्न सकिएको छैन ।

कालिकोट जिल्लाका प्रत्येक गाविस कार्यालय मार्फत बालपोषणको नाममा प्रति गाविस बार्षिक औषतमा २५ लाख बराबरको रकम गाविसमा भित्रिएको पाइन्छ । जिल्ला शिक्षा, महिला तथा बालबालिका कार्यालयहरुबाट पोषण जागरण अभियान नै संचालन गरी लाखौ रकम परिचालन गरेको छ भने जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालयले पोषयुक्त तरकारी तथा फलफूल उत्पादनका लागि अनुदान अभियान समेत जिल्लाको सबै क्षेत्रमा परिचालन गरेको छ । 

स्वास्थ्य कार्यालयले स्वास्थ्य गतिविधि मार्फत बहुपोषण शिघ्रपोषण जस्ता उपचारात्क बहुरंगि सेवा कार्यक्रम जिल्लाभर संचालन गर्दै आएको छ । तर यसको गुणात्क प्रत्रिफल कुनै क्षेत्रबाट देख्न सकिएको छैन । 

कसरी परिचालन भैरहेको छ त एक पटक जिल्लाका सम्बन्धित सबै सरोकारवाला निकायहरुले यसको खोजी गरी शुक्ला सुबेदीका २ छोरी रिता र रेखाजस्ता बच्चाहरुमा लागेको सिघ्र कुपोषण निर्मुल पार्न प्रभावकारी अभियान आजको आवश्यकता रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय