2026-09-04 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका लागि १० महिनामा १ लाख ६६ हजार विदेशिए, कुन देशमा कति ?

मनोज पराजुली । असार २, काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ लाख ६६ हजार भन्दा धेरै  नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा संस्थागत, व्यक्तिगत-नयाँ, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी श्रम स्वीकृति लिएर १ लाख ६६ हजार ५ सय ६६ जना नेपालीहरु  विदेशिएका हुन् । जसमध्ये नयाँ श्रम स्वीकृति लिएर ७७ हजार १२ जना र पुनः श्रम स्वीकृति लिएर ८९ हजार ५ सय ५४ जना विदेशिएका छन् । गत आर्थिक वर्ष २०७६/७७ को १० महिनाको अवधिमा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर १ लाख ९३ हजार ८ सय ८० नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीले गर्दा  वैदेशिक रोजगार क्षेत्र प्रभावित बन्दा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकरण) लिनेको संख्या ६०.३ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले तथ्याङ्क अनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आवको सोही अवधिमा ६०.३ प्रतिशतले गिरावट आएको देखाएको हो । 

कोरोना भाइरस महामारीका कारण श्रम गन्तव्य मुलुकहरु मलेसिया, कुवेत लगायत देशले नेपालबाट श्रमिक लिएका छैनन् । कतार, साउदी, ओमान, युएई (सरकारी र गैरसरकारी क्षेत्रमा मात्र) लगायत देशले नेपालबाट श्रमिक  लगेपनि अन्तर्राष्ट्रिय उडान बन्द, लकडाउन र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ ।

पुनः श्रम स्वीकृति लिनेको संख्या पनि चालु आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको संख्या १ लाख ७५ हजार ५ सय ५१ जना थियो भने चालु आवमा सो संख्या घटेर ८९ हजार ५ सय ५४ जनाले मात्रै पुन: श्रम स्वीकृति लिएका छन् । 

कुन देशमा कति ?

 चालु आवको १० महिनाको अवधिमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्याको आधारमा कतार एक नम्बरमा परेको छ । १८ हजार ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति र २८ हजार ६ सय ८४ जनाले पुन श्रम स्वीकृति लिएर कुल ४७ हजार ५७ जना कतारमा गएका छन् ।

४५ हजार ८ सय ५६ जनाले श्रम स्वीकृति लिएर  युएई गएका छन् । त्यस्तैगरी ४४ हजार ८ सय १३ जनाले श्रम स्वीकृति लिएर साउदी अरब गएका छन् । मलेसियामा ५ हजार १ सय ४३, बहराइनमा ४ हजार ५ सय १०, ओमन ३ हजार ५०, कुवेतमा २४ सय ४१ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएर नेपालीहरु विदेशिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो