2026-06-20 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिगोल्ड ओभरसिजको भिजिट भिसा धन्दा, पीडित समस्यामा परे

असार ५, काठमाडौँ | रोजगारको प्रलोभनमा परि मेरीगोल्ड ओभरसिस प्रा.लि. मार्फत युएई पुर्याईका एक युवा समस्यामा परेका छन् । समस्यामा परेका दुर्गा प्रसाद चौहानलाई म्यानपावरले भिजिट भिसामा कामको ग्यारेन्टी सहितको सम्झौता गरेको कारण युएई पुगेका थिए । 

रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई पुगेका चौहानलाई युएई स्थित एजेन्टले काम त लगाए तर उनले ५ महिनादेखि तलब पाएका छैनन् । पटक-पटक तलब माग गर्दा १२ दिनको तलब दिएको पिडितको गुनाशो छ । उनका अनुसार एक महिना काम गर्दा १०/१२ दिन काम गरेको हिसाव हुने गरेको छ । त्यसो त पिडितले पाँच महिनादेखिको तलब पाएका छैनन् । युएई पुर्याईए पछि भिजिट भिसाको म्याद सकिएको र थप २ महिनाको मात्र भिसा पाएको उनले बताए ।उनका अनुसार थप समय भिसाको म्याद नहुँदा अवैधानिक बनेका छन् । पिडितले पटक-पटक एजेन्ट तथा आफूलाई युएई पठाउने मेरिगोल्ड ओभरसीसका अमिर थुलुङसँग समस्या समाधानको लागि पहल गर्दा लामो समयसम्म पनि समस्या समाधान नभएको भन्दै अब नेपाल फर्कन चाहेको तर उडान नभएको कारण युएईमै समस्यामै रहेको बताएका छन् । 

म्यानपावरले पिडित चौहानलाई युएई भिजिट भिसामा पठाउनु अघि कुनै कारण सम्झौता अनुसार नभए अशुली भएको पैसा फिर्ता गर्ने कागज गरेको थियो । भिजिट भिसामा गएर समस्या हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि म्यानपावरले कागज गरेपछि जान सहमत भएको बताएका छन् । भिजिट भिसामा पठाएकोबारे म्यानपावर सँग बुझ्न खोज्दा म्यानपावरको संचालक तथा म्यानपावरको फोन नम्बरहरुमा सम्पर्क हुन सकेन । म्यानपावरका प्रतिनिधिले २ लाख ७० हजार अशुली गरेर म्यानपावरकै लेटरहेडमा सम्झौता गरेर भिजिट भिसामा पठाएको पाइएको छ । 

यस्तो छ म्यानपावरसँग भएको सम्झौता: 

वैदेशिक रोजगारमा प्रलोभन देखाई इजाजतपत्र प्राप्त म्यानपावरले भिजिट भिसामा पठाउनु गैरकानुनी हो । भिजिट भिसा सम्बन्धमा दोश्रो लहरको कोरोना सुरु हुनु अघि वैदेशिक रोजगार बिभागले भिजिट भिसाको सम्बन्धमा स्टिङ अप्रेशनहरु समेत गरेको थियो । बिभागलाई केहि म्यानपावरले संस्थागत रुपमा कामदार पठाउने प्रक्रिया छलेर चर्को अशुलीमा भिजिट भिसामा युएई पठाईरहेको सूचनाहरु प्राप्त भएको थियो । बिभागले अनुगमनको क्रममा केहि म्यानपावरलाई कारवाही समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ