Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आन्तरिक उडान ५० प्रतिशत खुला, अन्तर्राष्ट्रिय तर्फ कुन देशको कति उडान ?

By साझासवाल 3 मिनेट पढाइ

जेठ ९, काठमाडौँ | सरकारले मुलुकको आन्तरिक हवाई उडान ५० प्रतिशतसम्म खूला गर्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय उडानमा समेत सरकारले कोटा तोकेर हवाइ उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाइ उडान खुला गरेको छ । जुन निर्णय सँगै कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिईएको छ ।

निर्णय अनुसार अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । त्यस्तै काठमाडौं-इस्तानबुलमा साताको २ उडान हुनेछ । काठमाडौँ-दमाम रुटमा पनि नेपाली वायु सेवाको दुई उडान हुनेछ  । काठमाडौं-दुवई रुटमा नेपाली वायु सेवा दुई उडान सहित सातामा चार उडान हुनेछन् भने काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान हुनेछन् ।

त्यस्तै दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने छन् ।

निर्णय हेर्न सक्नुहुनेछ: