Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार ९, दाङ (रासस) । खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा&nbsp; लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।&nbsp;</p><p>जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि&nbsp; माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा&nbsp; आज साँझ ५ बजेतिर मृत्यु भएको&nbsp; हो । उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।</p>