2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देवघाटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

असार १०, नवलपुर (रासस) । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो । 

गाउँपालिकाभित्र कृषिमार्फत एक वडा एक नमूना गाउँ कार्यक्रम, फलफूलका लागि प्राविधिक सहयोग, मल, बीउ, भिटामिन, तालिमको व्यवस्था गर्दै कृषिका लागि सिँचाइ कार्यक्रम सञ्चालन गरिने थापाले बताउनुभयो । सुक्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाइने, कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिने थापाको भनाइ थियो । उहाँका अनुसार कृषि सहकारीमार्फत सामूहिक खेती, प्राङ्गारिक खाद्य उत्पादन तथा करेसाबारी प्रबद्र्धनलाई प्रोत्साहन गरिने छ । 

कृषिलाई आर्थिक विकासको मेरुदण्डका रूपमा विकास गर्न एक गाउँ एक उत्पादन तथा कृषि पकेट क्षेत्रको विकास गरिने, जैविक तरकारी तथा फलफूल पकेट क्षेत्र बनाइने, कृषक दर्ता गरी कृषक परिचयपत्र वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै गाउँपालिकाको वडा नं १ मा पशु विकास फार्ममा ‘प्राङ्गारिक खेती भान्सा नै औषधालय’ नमूना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । 

गाउँपालिकाले पर्यटनलाई धार्मिक क्षेत्रसँग जोड्दै अघि बढ्नेगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै अध्यक्ष थापाले वडा नं ५ लाई धार्मिक ग्राम र अन्य वडालाई सांस्कृतिक ग्रामका रुपमा प्रचार प्रसार गरिने बताउनुभयो । धार्मिकस्थल भएका अन्य जिल्लाका पालिकासँग धार्मिक भगिनी सम्बन्ध विस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाउने थापाको भनाइ छ । गाउँपालिकालाई पर्यटकीय हरित क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । 

नीति तथा कार्यक्रममा कालिगण्डकी र त्रिशूली नदी किनारमा मोटरबोट सञ्चालन तथा आरामदायी रिसोर्ट तथा अन्य सिर्जनात्मक कार्य गर्नका लागि आवश्यक लगानी भित्र्याइने उल्लेख छ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा पालिकास्तरीय धार्मिक पर्यटन मेला गराइने, होमस्टे (घरबास) सञ्चालनका लागि प्रोत्साहन गर्ने, गाउँपालिकाको रमणीय स्थल घण्टाचुलीमा पर्यटन पूर्वाधारको विकास गर्ने, छरछरे झरनालाई वन, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पर्यटकीय दृष्टिकोणबाट विकास गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । गाउँपालिकाभित्र मदिरा निषेध गर्ने व्यवस्था गरिने, सबै माध्यमिक विद्यालयमा अनिवार्यरूपमा विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा हुनुपर्नेलगायतका विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

त्यस्तै देवघाट स्वास्थ्य चौकीको स्तर वृद्धि गरी १० शय्याको अस्पताल बनाउने, गर्भवतीका लागि प्रत्येक महिनाको एक पटक स्वास्थ्य जाँच गराउँदा रु १०० खाजा खर्च प्रदान गरिने, गाउँपालिकाभित्र प्रसूतिगृहलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुविधासम्पन्न गराइने, पालिकाभित्रका सबै सरकारी र निजी स्वास्थ्य संस्था ३६५ दिन नै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिने पालिका अध्यक्ष थापाले बताउनुभयो । 

बुधबार गाउँसभामा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राख्नका लागि समय माग गरेपछि गाउँसभाको सभाध्यक्ष एवं गाउँपालिका उपाध्यक्षले आज मध्याह्न १२ बजेसम्मका लागि गाउँसभा स्थगित गर्नुभएको छ । देवघाटले प्रस्तुत गरेको नीति तथा कार्यक्रलाई समेट्ने गरी करिब रु ५० करोड बराबरको बजेट ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँपालिकाको आन्तरिक आय न्यून भएकाले आय बढाउनका लागि सर्वदलीय छलफल गरेर अगाडि बढिने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई