२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट ४ लाख ६६ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

१० असार २०७८, बिहीबार ०८:३७

असार १०, काठमाडौं । कोभिड-१९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता सरकारले सञ्चालन गरेको उद्दार तथा नियन्त्रीत संख्याको उडानबाट हालसम्म ४ लाख ६६ हजार ८ सय १ जना नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले असार ९ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपालीको उद्दार गरिएको जनाएको छ ।

सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४२ हजार ३ सय ९१ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १० हजार १ सय ४८ जना नेपाल फर्केका छन् ।

नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ४९ हजार ३ सय ५२ जना तथा साउदी अरवबाट ४२ हजार ८ सय ७ जना नेपाली स्वादेश फर्किएका छन् ।

कोभिड-१९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार २ सय ३ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १४ हजार ४ सय ७६ जना तथा जापानबाट १३ हजार ७ सय ६३ जना नेपाल आइपुगेका छन् । यसबीचमा भारतबाट ३८ हजार १७ जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ५ हजार ५ सय १४ जना नेपाली स्वदेश आइपुगेका छन् ।

यसबीचमा सवैभन्दा कम सोमालियाबाट एकजना, ट्यूनिसिया, अर्मेनिया र चेकगणतन्त्रबाट २ २ जना तथा अष्ट्रियाबाट ३ जना नेपाल फर्केको सिसिएमसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो