ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौल"/>
२३ चैत्र २०८१, शनिबार
खेलकुद

डडेल्धुराकी सरस्वतीले तोडिन २६ बर्ष लामो राष्ट्रिय किर्तीमान

२९ श्रावण २०७३, शनिबार ०३:०९

ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौली घार बैतडी भई हाल डडेल्धुराकी सरस्वती भट्टराईले राष्ट्रिय किर्तीमान बनाएकी छिन् । 

नेपाली समय अनुसार आज बिहान सवा पाँच बजे भएको एथ्लेटिक्सको १५ सय मिटर दौड अन्तर्गत पहिलो राउण्डमा भट्टराईले २६ बर्ष लामो राष्ट्रिय किर्तीमान भङ्ग गरेकी हुन् । उनले १५ सय मिटरको दुरी ४ मनिट ३३ सेकेण्डमा पुरा गरेकी छिन् । उनले राजकुमारीको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आज बिहान भएको दौडमा उनी ओलम्पिक खेलको भने उक्त दौडको पहिलो राउण्डबाटै बाहिरीएकि छिन् । 

तीन समुहमा बिभाजन गरिएको उक्त प्रतिस्पर्धामा पहिलो प्रतिस्पर्धाका अन्य १३ जनासँग प्रतिस्पर्धा गरेकी सरस्वतीले एकजनालाई आफु भन्दा पछि पारेकी थिईन् । आफ्नो खेल बिद्याको १५ सय मिटरमा उनले ३७ औँ बरियता प्राप्त गरेकी छिन् । नेपाली सेनामा रहेकी धावक भट्टराई सुदूरपश्चिमकी चेली हुन् । उनको पहीले बैतडीको सकारमा भए पनी अहिले डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा हो । उग्रतारा उच्च माबि पोखरामा अध्ययन गरेकी भट्टराई नेपाली सेनाबाट नेपालको तर्फबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । केही दिन अघि रियो तर्फ प्रस्थान गर्ने क्रममा डडेल्धुरामा जन्मिएर विश्वमा आफ्नो खेल क्षमता देखाउन अवसरमा पाएकोमा आफु एकदमै खुसी भएको उनले प्रतिक्रिया थिईन । उनले पदक जित्ने सम्भावना कम रहेको तर राष्ट्रिय रेकर्ड तोड्ने बचन दिएकी पहिले नै दिएकी थिईन् । 

यस्तै सुदूरपश्चिमकै चेली निशा रावलले भने अबको आठ दिनपछि ओलम्पिक खेलमा सहभागिता जनाउँदै छिन् । तेक्वान्दोकी निशाले अबको २० अगस्टमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । सुदुरपश्चिमको बिकट जिल्ला अछामको कालिका गाविस स्थित सुगाली गाउँमा पुर्खौली घर रहेकी रावल हाल काठमाडौको थापाथलीमा बस्दै आउनु भएको छ । सुदूरपश्चिमबाट महिला तर्फ ओलम्पिकमा सहभागि निशा र सरस्वती पहिलो खेलाडि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?