२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीका स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत

२०७८, ११ असार शुक्रबार ०७:५०

सन्तोष गौतम । असार ११,  म्याग्दी (रासस)। म्याग्दीका छ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । विसं २०७४ मा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको रु तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका हुन् । 

विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पूर्वाधार, कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, कृषि, पशुपालन र खेल पूर्वाधारमा केन्द्रित छ । न्यून मात्रामा आन्तरिक स्रोत जुटाएका पालिकाको बजेट सङ्घीय तथा प्रदेश सरकारले पठाएको अनुदान र चालु आवमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटमा निर्भर छ । 

सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब भत्ता र जनप्रतिनिधीको सुविधा ठूलो आकारको देखिएको स्थानीय तहको विकास बजेट कूल बजेटको करीब तिहाइ छ । रु चार करोड आन्तरिक आम्दानी गर्ने लक्ष्यसहित रु ६६ करोड पाँच लाख ६७ हजारको बजेट ल्याइएको बेनी नगरपालिकाले पूँजीगततर्फ रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरेको छ । 

पूर्वाधार विकासमा रु तीन करोड ५० लाख, सामाजिक विकासमा रु एक करोड ७५ लाख, आर्थिक विकासमा रु एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु ७५ लाख, कोरोना नियन्त्रणमा रु ५० लाख, वर्षामा अवरुद्ध सडक मर्मतमा रु ७० लाख र समपूरक कोषमा रु तीन करोड ८५ लाख विनियोजन गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । 

नवौँ नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको बजेटमा छलफलका लागि सभाका सदस्यले समय मागेपछि आइतबारसम्म स्थगित गरिएको छ । यही असार ७ गते नै पारित भएको रघुगङ्गाको कूल रु ५३ करोड १९ लाख नौ हजार बजेटमध्ये पूँजीगत शीर्षकमा रु १४ करोड ७५ लाख विनियोजन गरिएको छ । 

रु एक करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको रघुगङ्गाले मौवाफाँटमा गाउँपालिकाको भवन बनाउन रु एक करोड ५० लाख, सडक पूर्वाधारमा रु नौ करोड ६७ लाख, शिक्षामा रु १४ करोड ७५ लाख, स्वास्थ्यमा रु सात करोड, कृषि, पर्यटन, सहकारीलाई रु दुई करोड विनियोजन गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । 

सामाजिक सुरक्षा भत्ताबाहेक रु ४२ करोड ३० लाखको बजेट पारित गरेको अन्नपूर्ण गाउँपालिकाले पूँजीगत शीर्षकमा रु आठ करोड ९९ लाख ८० हजार र समपूरक कोषमा रु दुई करोड १३ लाख विनियोजन गरेको छ । सडक पूर्वाधार, भवन, खानेपानी, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य र पशुपालनलाई प्राथमिकता दिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । 

गुर्जा–१ र मल्कवाङ–५ का जनप्रतिनिधिको फरक मत राखेपछि बहुमतका आधारमा धवलागिरि गाउँपालिकाले यही असार ९ गते मुनामा भएको एघारौँ गाउँसभाबाट रु ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको छ । पूँजीगततर्फ रु १३ करोड ८७ लाख विनियोजन गरेको धवलागिरिले सबैभन्दा बढी विपद् व्यवस्थापनमा रु एक करोड २२ लाख र गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

नवौं गाउँसभाबाट रु ५० करोड ४३ लाख ४९ हजारको बजेट पारित गरेको मालिका गाउँपालिकाले चालुतर्फ रु सात करोड ८१ लाख, पूँजीगततर्फ रु १३ करोड चार लाख र ससर्त अनुदानतर्फ रु १९ करोड २७ लाख विनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

दरबाङ बजार संरक्षणमा रु एक करोडसहित विपद् व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी रु तीन करोड १२ लाख ३३ हजार, सडकमा रु एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई रु दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा रु एक करोड नौ लाख ९० हजार, स्वास्थ्यमा रु ५० लाख, खानेपानीमा रु ४७ लाख ९९ हजार, खेलमैदानलाई रु २२ लाख ५० हजार, कृषिलाई रु ४८ लाख ३२ हजार, पर्यटनलाई रु ३५ लाख र लघुउद्यमलाई रु ३८ लाख विनियोजन गरिएको छ । 

सामाजिक सुरक्षा भत्ताबाहेक कूल रु ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित गरेको मङ्गला गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५१ लख ९९ हजार र पूँजीगततर्फ रु २० करोड ६६ लाख २६ हजार विनियोजन गरेको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । सडक पूर्वाधारमा रु १० करोड १८ लाख, सामाजिक विकासमा रु तीन करोड ३० लाख, सिँचाइ तथा खानेपानीमा रु ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समपूरक कोषमा रु दुई करोड नौ लाख, शहरी विकासमा रु दुई करोड एक लाख, कृषि र पशुपालनमा रु ९९ लाख ५० हजार, कोरोना कोषमा रु ४८ लाख, वातावरणमा रु २८ लाख, स्वास्थ्यमा रु ३७ लाख ५० हजार, पोषण सुधारका लागि रु १३ लाख, खेल पूर्वाधारमा रु ३४ लाख ५० हजार, विपद् व्यवस्थापनमा रु चार लाख ५० हजार, युवा तथा खेलकूदमा रु ३६ लाख विनियोजन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा