2026-09-04 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट नेपाल आउने यात्रूहरुले पुरा गर्नुपर्छ यस्ता शर्त

असार १६, काठमाडौँ | युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जारी सूचना अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना: 

विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ-

१. फोटो एवं Barcode/QR Code सहितको पछिल्लो ७२ (बहत्तर)  घण्टाभित्रको कोभिड-१९ पि. सी. आर. (PCR) परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने। 

२. कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम तलको लिङ्कमा उपलब्ध छ।

https://ccmc.gov.np/arms/person_add.php

३. यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने। सूचीकृत होटलहरूको विवरण दूतावासको वेबसाइटमा राखिएको छ। 

४. कोभिड-१९ विरुद्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन स्व-क्वारेन्टिन (Self-quarantine) मा बस्ने गरी सीधै गन्तव्यस्थल जान दिन सकिने। 

५. अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने। 

६. अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरूलाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाइने। 

७. त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हकमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाइने ।

८. माथि बुँदा नं. ५, ६ र ७ को प्रावधानबमोजिम होम-क्वारेन्टिनमा जानका लागि विमानस्थलमा गरिने Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्ने । तर Antigen परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाइने। Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आइ होम-क्वारेन्टिनमा गएका यात्रुहरूले एघारैँ दिनमा पिसिआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।

९. ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८’ को पूर्ण पाठ दूतावासको वेबसाइटमा राखिएको छ।

नेपाली राजदूतावास, 

अबुधाबी

२०७८ असार १६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो