२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबले युएई, इथियोपिया, भियतनामबाट आउने यात्रुलाई प्रबेश नदिने

२०७८, १९ असार शनिबार ०८:०१

असार १९, रियाद (रासस/एएनआई) । साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छन् । 

साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ । नयाँ प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुनेछन् ।

विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो । त्यसपछि विश्वका धेरै देशले कोभिड–१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन् ।

हालसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका जोन्स हकिन्स विश्वविद्यालयले पुष्टि गरेको छ । यस क्रममा साउदी अरबमा अहिलेसम्म चार लाख ९० हजारभन्दा बढी मानिस कोभिड सङ्क्रमित भएका छन् भने सात हजार ८०० भन्दा बढीको कोभिड सङ्क्रमणपछि मृत्यु भएको छ । 

यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) ले परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेकोे छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ । 

युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित