2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा पठाएर भनेजस्तो नभएपछि एजेन्टको गोली हानेर हत्या

असार १९, काठमाडौँ | विदेशमा आफ्नो छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा एक बाबुले वैदेशिक रोजगारमा पठाउने एजेन्टको गोली हानी हत्या गरेको खुलेको छ । हत्या भएका व्यक्ति कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरी रहेका थिए । 

कपिलवस्तु प्रहरीले हत्याका मुख्य अभियुक्त भनिएका विजयनगर गाउँपालिका-१ (साविक गणेहपुर गाविस–१) का ५० वर्षीय पशुपति कुर्मीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न पुरीको २०७५ चैत १७ गते राति साढे ९ बजे गोली हानी हत्या गरिएको थियो । उनको हत्या योजना अनुसारनै भएको प्रहरीले जनाएको छ । 

हत्या पछि फरार अवस्थामा रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि प्रहरीले कुर्मीलाई हिरासतमा लिएको छ । निजलाई भारतको महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

कुर्मीका छोरालाई बहराइनमा वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्ट पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए । तर विदेश पठाएपछि उनका छोराले भनेजति तलब र काम पाएनन् । 

विदेशमा पिडित बनेपछि कुर्मीले एजेन्टसँग विदेश जानु अघि लिएको लागत फिर्ता माग्दा पैसा फिर्ता नपाएपछि भारतमा बसेर मार्ने योजना बनाएका थिए । योजनापछि नेपाल आएका कुर्मी सहित अरु दुई जनाले पुरीको घरमा पुगेर पैसा फिर्ता माग्दा पैसा नदिएपछि कटुवा पेस्तोलले हानेर हत्या गरेर फरार भएका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य दुई जनाको खोजि भईरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो