२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना सङ्क्रमण पुनः वृद्धि

२०७८, २२ असार मंगलवार १५:२३

असार २२, सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना  सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।  पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई  दिनमा सङ्क्रमित बढेको जनाइएको छ ।

 स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार ८४७ जनाको नमूना परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो२४घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२जनामा  सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुई दिनमा मृत्युदर भने शून्य छ ।

यो अवधिमा ४७जना उपचार  पछि घर फर्किएका छन् ।  प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य  थियो  । प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३सङ्क्रमित पुगेका छन् ।  दुई लाख ६८ हजार९९५ जनाको  नमूना परीक्षण गरिसकिएको छ ।

गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी नौ सय ८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१  सङ्क्रमितको मृत्यु भएको थियो । 

यसैबीच कोरोना भाइरस रोकथामका लागि कैलाली जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १गतेसम्म थप गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै होटेल, रेष्टुरेण्ट, चियापसल बिहान ५बजे देखि राति आठ बजेसम्म सञ्चालन गर्न सकिने, तालीम, गोष्ठी ,सेमिनारका लागि २५जना मात्र सहभागी हुन पाउने, सार्वजनिक यातायातका साधन जिल्ला प्रशासनको स्वीकृति लिएर सञ्चालन गर्न पाइने जनाएको छ । 

यस्तै कार, भ्यान, जीप, ट्याक्सीमा चालकसहित चार  र अटोमा चालकसहित तीन जना मात्रै यात्रा गर्न पाइने,जिल्लाभरीका यात्रुवाहक सवारी साधनको जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने निर्णयसमेत भएको सूचनामा उल्लेख छ  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै