२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना सङ्क्रमण पुनः वृद्धि

२२ असार २०७८, मंगलवार १५:२३

असार २२, सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना  सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।  पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई  दिनमा सङ्क्रमित बढेको जनाइएको छ ।

 स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार ८४७ जनाको नमूना परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो२४घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२जनामा  सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुई दिनमा मृत्युदर भने शून्य छ ।

यो अवधिमा ४७जना उपचार  पछि घर फर्किएका छन् ।  प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य  थियो  । प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३सङ्क्रमित पुगेका छन् ।  दुई लाख ६८ हजार९९५ जनाको  नमूना परीक्षण गरिसकिएको छ ।

गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी नौ सय ८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१  सङ्क्रमितको मृत्यु भएको थियो । 

यसैबीच कोरोना भाइरस रोकथामका लागि कैलाली जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १गतेसम्म थप गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै होटेल, रेष्टुरेण्ट, चियापसल बिहान ५बजे देखि राति आठ बजेसम्म सञ्चालन गर्न सकिने, तालीम, गोष्ठी ,सेमिनारका लागि २५जना मात्र सहभागी हुन पाउने, सार्वजनिक यातायातका साधन जिल्ला प्रशासनको स्वीकृति लिएर सञ्चालन गर्न पाइने जनाएको छ । 

यस्तै कार, भ्यान, जीप, ट्याक्सीमा चालकसहित चार  र अटोमा चालकसहित तीन जना मात्रै यात्रा गर्न पाइने,जिल्लाभरीका यात्रुवाहक सवारी साधनको जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने निर्णयसमेत भएको सूचनामा उल्लेख छ  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान