2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपाली कामदारको माग बढ्यो, एकै पदमा मासिक ७ लाख तलब

असार २४, काठमाडौँ । कोभिड-१९ महामारीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । कोभिड -१९ महामारीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले माग बढ्दै गएको साउदीका लागि श्रम काउन्शिलर जीवन राइले बताए । 

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणीकरण भएको छ, रोजगारदाताले नेपाली कामदारमा लिन इच्छुक रहेकोले पनि नेपालीको माग उच्च छ।’ साउदीमा दक्ष कामदारको माग बढेको र हालै २१ हजार रियाल मासिक करीब सात लाखसम्म तलव पाउने कम्प्युटर प्रोग्रामरको माग पनि आएको भन्दै राईले भविष्यमा अदक्षभन्दा दक्ष र प्राविधिकरुपमा दक्ष कामदारको मागबढ्न सक्ने आँकलन गरिएको बताए । हाल साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी रहेको उनले बताए । भविष्यमा सीपयुक्त र दक्ष कामदार आपूर्ति गर्न सकिएमा श्रमिक सम्बन्धि समस्या कम आउने साथै रेमिटेन्स वृद्धि गर्नमा पनि मद्दत मिल्ने उनको भनाई छ । 

साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा ७ दिन बस्नुपर्ने बाध्यता छ । साउदी जानेहरुको लागि सयभन्दा बढी संस्थागत क्वारेन्टाइन तोकिएको साथै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

सरकारले नियमित हवाई उडान शुरु नगरेको समयमा साउदीमा रोकिएका २५ जना कामदारको शव नेपाल पठाउन सकिएको छैन उनले भने ‘वाइडबढी जहाज आएमा २ वटा फ्लाइटमा सबै शव पठाउन सकिने थियो तर न्यारोबढीको जहाजले मात्र साउदीको उडान भरेको हुनाले एउटा फ्लाइटमा बढीमा २ वटा शव पठाउन सकिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो