2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको एक कम्पनीले एजेण्ट वा म्यानपावरलाई तिरेको रकम समेत फिर्ता दिने

असार २४, काठमाडौँ । मलेसियाको ग्लोव्स निर्माता कम्पनी हार्टालेगाले रोजगारीका लागि आउँदा कुनै शुल्क तिरेको भएमा फिर्ताका लागि आवेदन दिन अनुरोध गरेको छ । सो कम्पनीले सूचना निकाल्दै आफ्नो कम्पनी श्रमिकलाई जवर्जस्ती काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिवद्द रहेको जनाएको छ ।

आफ्नो कम्पनीले यसअगाडी आफ्नो कम्पनीमा आएका श्रमिकले तिरेको रकमको शोधभर्ना दिइरहेको र पूर्व श्रमिकलाई पनि कुनै रकम तिरेको भएमा फिर्ता गर्ने सोही कार्यक्रमको एक हिस्सा भएको जनाइएको छ । रकम फिर्ता गर्नका लागि कम्पनीले उपलव्ध गराएको लिंकमा गएर वा क्यूआर कोड मार्फत फारम भर्न सकिने कम्पनीले जनाएको छ । रकम फिर्ता पाउन योग्य श्रमिकलाई कम्पनीले नै मोवाइलमा फोन मार्फत सम्पर्क गरिने जनाइएको छ ।

दर्ता गरिएका निवेदनहरुलाई तेश्रो पक्ष अडिटरद्दारा पुनरावलाकन गराइने र योग्य श्रमिकले मात्र शोधभर्ना प्राप्त गर्ने सो कम्पनीले जनाएको छ । आप्रवासी श्रमिकहरुलाई रोजगारीका लागि भर्ना शुल्क तिराएको र बाध्यकारी श्रम गर्न बाध्य बनाएको भन्दै अमेरिकाले टप ग्लोव, डव्लुआरपी लगायतका कम्पनीहरुको उत्पादन आयातमा बन्देज लगाएपछि ति कम्पनीहरु समस्यामा परेका थिए । अमेरिका ति कम्पनीहरुद्धारा उत्पादित ग्लोव खपत गर्ने ठूलो मुलुक हो ।

कोभिड १९ का कारण विश्वव्यापी रुपमा ग्लोवको ठूलो मागका बीच वन्देज कायम रहेपछि सो फुकुवा गर्ने उद्धेश्यले टप ग्लोव लगायतका कम्पनीहरुले आप्रवासी श्रमिकहरुले तिरेको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । सो अनुरुप केहि कम्पनीहरुले रकम फिर्ता गरिसकेको बताएका छन् भने केहिले किस्तावन्दीमा रकम फिर्ता गरिरहेको बताएका छन् । देशपरदेश

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो