२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जाने कामदारले ५ हजार डलरको कोरोना बीमा गराउनुपर्ने

२०७८, २४ असार बिहीबार ०९:१०

असार २४, काठमाडौँ । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखा कार्यालयले ५ हजार डलरको कोभिड-१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो । इपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदाहरूको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ । साथै, शाखा कार्यालयले उक्त तोके बमोजिमको बीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरूले साउन ७ गतेभित्र कोरिया शाखामा सूचिकृत संस्था दर्ताको लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन आग्रह गरेको छ ।

जसमा कोरिया सरकारले गत वर्षबाट श्रमिकहरूको अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रुपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीहरूलाई सूचिकृत हुन सूचना जारी गरिएको (इपीएस) कोरिया शाखाका निर्देशक इन्द्र गौतमले साझा सवाललाई जानकारी दिए । त्यस्तै, बीमा कम्पनीहरूलाई ५ हजार डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने  बीमा शुल्क कामदारले नै तिर्नुपर्ने उनले बताए ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण कोरियाले नेपालसहित श्रोत मुलुकबाट विदेशी कामदार लिन प्रतिवन्ध लगाएको  छ। जसका कारण हाल ८ हजार जनाको करार सम्झौताआएकाहरु कोरिया जाने प्रतिक्षामा रहेको गौतमले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त