2026-09-04 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जाँदै हुनुहुन्छ ? ‘कोरोना विरुद्धको दुवै डोज खोप लगाएर गए क्वरेण्टीनमा बस्नु पर्दैन’

असार २५, काठमाडौँ । कोरोना विरुद्धको दुवै मात्र खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ । कतार सरकारले पछिल्लो समय आफ्नो यात्रा नीतिलाई परिवर्तन गर्दै कोरोना विरुद्धको खोप लगाएर आउनेहरूले क्वरेण्टीनमा बस्न नपर्ने नियम ल्याएको हो । जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो निर्णय कार्यान्वयनमा आउने छ ।

कतारले देशहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा विभाजन गरेको छ । रातो सुचीमा परेका देशबाट जाने यात्रुहरूले भने कतार पुगेपछि पीसीआर परीक्षण गर्नुपर्छ । कतार जानेहरूले कतार पुग्नुभन्दा १२ घण्टा अघि “Ehteraz” वेवसाइट (WWW.EHTERAZ.GOV.QA) मा सम्पूर्ण कागजातसहित विवरणहरू भर्नुपर्छ ।

कतारले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ । यसै गरी चिनिया कम्पनी सिनोभ्याकद्दारा उत्पादित भेरोसेल (कोरोनाभ्याक) तथा सिनोफार्मद्दारा उत्पादित खोपलाई केही सर्त सहित मान्यता दिएको छ ।

भेरोसेल लगाएकाहरुको कतार पुगिसकेपछि एण्टीबडी परीक्षण हुन्छ । परीक्षणमा एण्टीबडी विकास भएको देखिएमा क्वरेण्टीनमा बस्न पर्दैन । एण्टीबडी विकास भएको नदेखिएमा क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाइएको छ ।

यसै गरी पूर्ण खोप लगाएको १४ दिन नकटेको भएमा, एक मात्रा मात्र लगाएको भएमा(जोन्सन एण्ड जोन्सन बाहेक) क्वरेण्टीनमा बस्नु पर्ने कतारले जनाएको छ ।

रातो सुचीमा परेका देशबाट खोप नलगाई जाने यात्रुले भने १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्छ । उनीहरूले कतार पुगेपछि र क्वरेण्टीनको ९ औँ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण नेगेटिभ आएमा १० औँ दिनमा आफ्नो गन्तव्यमा जान सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो