2026-09-04 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारदेखि कतार प्रवेशमा नयाँ नियम लागू हुँदै

असार २७, काठमाडौँ | सोमबारदेखि कतारले आफ्नो देश प्रवेशमा नयाँ नियम लागू गर्दैछ । यस सम्बन्धि घोषणा गत हप्तानै भईसकेको छ ।

नयाँ नियमसंगै अब कतारले पारिवारिक र पर्यटक भिसा पनि जारी गर्ने भएको छ । कतार यात्रा सम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि विदेशीले पारिवारिक र पर्यटक भिसा पाउनेछन् । कतारले सोमबारदेखि लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम बनाएको छ । अब कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु पर्दैन । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपलाई मान्यता दिईएको छ । 

नियम अनुसार कतार प्रवेश गर्नेले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै भएपनि लगाएको अवस्थामा होटेल क्वारेन्टिन बस्नु पर्दैन । त्यस्तै सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजनासँग यात्रा गर्दा अभिभावकले खोपको दुवै डोज लगाइसकेको अवस्था भए बच्चाले समेत खोप लगाएको मानिने निर्णय गरेको छ । कतारले मान्यता नदिएको खोप लगाउनेहरुले भने अनिवार्य १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।

कतारको सूचीमा खतरा कम रहेको देश ‘ग्रीन जोन’मा पर्ने मुलुकबाट कतार प्रवेश गर्नेले आफ्नो मुलुकमा १० दिन होटेल क्वारेन्टिन बसेर कतार प्रवेश गरेको भन्ने प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति पाउनेछन् । यस्तो अवस्थामा पनि क्वारेन्टाइन भने बस्नुपर्छ । नियम अनुसार खोप नलगाएको अवस्थामा ग्रीन जोनबाट गएको भए ५ दिन, एल्लो जोनबाट गएको भए ७ दिन क्वारेनटाइन बस्नुपर्छ । 

नेपाल हाल कतारको ‘रेड जोन’मा छ । जसलाई उच्च जोखिम भएको देशको आधारमा  ‘रेड जोन’मा राखिएको हो । रेड जोनमा रहेका मुलुकबाट कतार प्रवेश गर्नेहरुको विमानस्थलमा पीसीआर गरिन्छ । साथै ‘रेड जोन’ मा परेकाहरुले कतारले मान्यता दिएको खोप नलगाई गएको भए १० दिन क्वारेन्टाइन बस्नुपर्छ । त्यस्तै कतार प्रवेश अघि ७२ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ भएको प्रमाण समेत पेश गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो