२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारदेखि कतार प्रवेशमा नयाँ नियम लागू हुँदै

२७ असार २०७८, आईतवार ०२:४१

असार २७, काठमाडौँ | सोमबारदेखि कतारले आफ्नो देश प्रवेशमा नयाँ नियम लागू गर्दैछ । यस सम्बन्धि घोषणा गत हप्तानै भईसकेको छ ।

नयाँ नियमसंगै अब कतारले पारिवारिक र पर्यटक भिसा पनि जारी गर्ने भएको छ । कतार यात्रा सम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि विदेशीले पारिवारिक र पर्यटक भिसा पाउनेछन् । कतारले सोमबारदेखि लागू हुने गरी क्वारेन्टिन सम्बन्धी नयाँ नियम बनाएको छ । अब कतारले तोकेका कोभिडविरुद्धको खोपको दुबै डोज लगाइसकेका यात्रुले कतारमा होटेल वा होम क्वारेन्टिन बस्नु पर्दैन । कतारमा फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका खोपलाई मान्यता दिईएको छ । 

नियम अनुसार कतार प्रवेश गर्नेले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै भएपनि लगाएको अवस्थामा होटेल क्वारेन्टिन बस्नु पर्दैन । त्यस्तै सानो बच्चा भएको परिवारले बाबु आमामध्ये कुनै एकजनासँग यात्रा गर्दा अभिभावकले खोपको दुवै डोज लगाइसकेको अवस्था भए बच्चाले समेत खोप लगाएको मानिने निर्णय गरेको छ । कतारले मान्यता नदिएको खोप लगाउनेहरुले भने अनिवार्य १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।


कतारको सूचीमा खतरा कम रहेको देश 'ग्रीन जोन'मा पर्ने मुलुकबाट कतार प्रवेश गर्नेले आफ्नो मुलुकमा १० दिन होटेल क्वारेन्टिन बसेर कतार प्रवेश गरेको भन्ने प्रमाण पेश गरेमात्र कतार प्रवेशको अनुमति पाउनेछन् । यस्तो अवस्थामा पनि क्वारेन्टाइन भने बस्नुपर्छ । नियम अनुसार खोप नलगाएको अवस्थामा ग्रीन जोनबाट गएको भए ५ दिन, एल्लो जोनबाट गएको भए ७ दिन क्वारेनटाइन बस्नुपर्छ । 

नेपाल हाल कतारको 'रेड जोन'मा छ । जसलाई उच्च जोखिम भएको देशको आधारमा  'रेड जोन'मा राखिएको हो । रेड जोनमा रहेका मुलुकबाट कतार प्रवेश गर्नेहरुको विमानस्थलमा पीसीआर गरिन्छ । साथै 'रेड जोन' मा परेकाहरुले कतारले मान्यता दिएको खोप नलगाई गएको भए १० दिन क्वारेन्टाइन बस्नुपर्छ । त्यस्तै कतार प्रवेश अघि ७२ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ भएको प्रमाण समेत पेश गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो