2026-09-04 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा पठाउने भन्दै युवाहरुबाट लाखौँ ठग्ने रोकाय पक्राउ परेनन्

असार २७, काठमाडौँ | तीन बर्ष अघि लमजुङका खेम गुरुङ भारतको नयाँ दिल्ली जाँदै थिए, सँगै गाडीमा भेटिए सुर्खेत भेरिगंगा-४ स्थाई घर भएका कर्ण बहादुर रोकाया । चिनजानकै क्रममा रोकायाले आफूले वैदेशिक रोजगारमा पठाउने गरेको भन्दै सोहि कामको लागि दिल्ली जान लागेको बताए । त्यसै क्रममा पिडित गुरुङ ठगि गिरोहमा सक्रिय कर्ण बहादुर रोकायाको पन्जामा परे । 

सुरुवातमा रोकायाले स्पेन सजिलै पठाउन सक्ने प्रलोभन देखाएका थिए । उनकै प्रभावमा परेर लमजुङका गुरुङ मात्र नभई नुवाकोटका गोविन्दराज रिजाल सहित अरु ४ जना युवाहरु पनि रोकायाको जालमा परे । सुरुमा प्रक्रियाको लागि भन्दै ठगीमा सक्रिय रोकायाले ५०/५० हजार मागे । पिडितहरुले प्रमाण सहित भएकोले ठगि नहुने बुझेर पैसा बुझाए । यस क्रममा रोकायाले पीडितहरुलाई पटक-पटक भारत लगेर १ महिना, २ महिनासम्म राख्ने गरे । पिडितहरुलाई सबै काम भईसकेको भन्दै फेक कागजात दिएर एयरपोर्ट सेटिङ गर्नुपर्छ भन्दै महिनौं भारतमा राख्ने गरेको पीडितहरुले बताएका छन् । 

रोजगारीकै आशामा सुरुमा एक महिनासम्म भारतमा बसेका पिडितहरु भारतमा छँदा खाने/बस्ने खर्च समेत आफैले तिरेको बताउँछन् । सुरुवातमा स्पेन लैजाने भनेपनि रोकायाले पटक-पटक कुरा फेर्दै कहिले साइप्रस, कहिले जापान त कहिले पोर्चुगल भन्न थाले । झन्डै डेढबर्षको अन्तरालमा रोकायाले वैदेशिक रोजगारमा पठाउछु भनेर पीडितहरुसँग प्रतिव्यक्ति ८ लाख देखि ९ लाख लिन भ्याईसकेका थिए । सुरुमा ५० हजार दिँदा प्रमाण भएको कारण ठगि होला भन्ने नलागेको पिडितहरुको भनाई छ । त्यसपछि पटक-पटक गरेर प्रतिव्यक्ति ८ देखि ९ लाख बुझाएको पिडितहरुको भनाई छ । ठगिएका पिडितहरुमध्ये एक जनासँग भने ५ लाख बुझाएको भौचर छ । बाँकीसँग ५० हजार बुझाएको प्रमाण मात्र छ । पिडितहरु मध्ये एक आलेश गुरुङले आफूसँग पैसा दिएको रसिद भएपनि वैदेशिक रोजगार नखुलेको कारण उजुरी दिन नसकेको गुनाशो गरे । पिडित मध्ये अर्का गोविन्दराज रिजालसँग ठगिमा संलग्न रोकायाले ५ लाख अशुलेका थिए । जसमध्ये उनीसँग ५० हजारको मात्र प्रमाण छ । 

बिभागमा उजुरी दिनु अघि रोकायाले साउथ अफ्रिका लैजाने भनि पिडितहरुलाई दुई महिनासम्म भारतमा राखेका थिए । पीडितहरु मध्ये सिन्धुपाल्चोकका नुमा शेर्पाले रोकायलाई ९ लाख नगद कारोबार गरेर ठगिएको पाइएको छ । रोकायाले वैदेशिक रोजगारको प्रलोभनमा दिल्लीमा एक कोठामा लगेर राख्ने र एयरपोर्ट सेटिङ मिलाउछु भन्दै बाहिरिन्थे । 

भारतमा लामो समयसम्म काम नभएपछि नेपाल फर्किएका पीडितहरु काठमाडौँमा पनि रोकायकै आग्रहमा एक महिनासम्म रोजगारीमा जान पाउने आशामा बसेका थिए । तर एकाएक रोकाय सम्पर्क बिहिन बनेपछि पीडितले बिभागमा उजुरी दिएका थिए । पिडितहरुमध्ये लमजुङका खेम गुरुङले रोकायासँग कारोबार गर्दा बैंकिङ प्रमाण राखेका थिए । जसको आधारमा उनले वैदेशिक रोजगार बिभागमा उजुरी दिन सके । बाँकी अरु पीडितहरुले नगत कारोबार गरेको र भौचरनै भएपनि प्रयोजन नखुलेपछि उजुरी दिन असमर्थ भएको बताए ।

प्रमाणको आधारमा बिभागमा उजुरी परेपछि बिभागले रोकायलाई पक्राउ गर्न २०७६ माघमै पक्राउ पुर्जी काटेपनि लामो समय बितिसक्दा पनि रोकाय पक्राउ पर्न सकेका छैनन् । पीडित आफै बिभागले दिएको पक्राउ पुर्जी लिएर बानेश्वर स्थित अपराध महाशाखामा पुगेका थिए । तर लामो समय बितिसक्दा समेत ठगीमा संलग्न रोकायलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडितको गुनाशो छ । पीडितले दुखेसो पोख्दै भने ‘प्रहरीबाट कुनै खबर आएन, रोकायले आफू अहिले युएई रहेको भने पनि उनि अझै पनि भारत वा नेपालमै छन् । ठूला-बढा ठगिएको भए तत्काल पक्राउ पर्थे होला, हामी सामान्य नागरिक ठगियौं । न्याय पाइने/नपाइने अन्यौलमै छौं ।‘ 

पीडितले अगाडी भने ‘अहिलेसम्म प्रहरीले कुनै जानकारी दिएको छैन । बिभागबाट चाही एक पटक फोन आएको थियो ।‘ पीडितले आफू ठगिएपनि सम्बन्धित व्यक्तिले अरु नेपाली युवाहरुलाई ठग्न नसकोस् भन्ने चाहेको बताए । ठगीमा संलग्नले वैदेशिक रोजगार अन्तर्गत ठगिलाई पेशानै बनाएको कारण अरु पनि धेरै युवाहरु ठगिएको हुनसक्ने र लामो समयसम्म प्रहरीले सम्बन्धित व्यक्तिलाई पक्राउ नगर्दा आफूजस्तै कयौं ठगिन सक्ने चिन्ता व्यक्त गरे । पीडित गुरुङ भन्छन् ‘वैदेशिक रोजगारको आशामा आमाले ऋण खोजेर लिएको पैसा ठगले खायो, तीनबर्षदेखि झुलायो । न रोजगार न पैसा भयो । अहिले त्यहि पैसाको ब्याज तिर्दै बस्न बाध्य हुनुपरेको छ ।’ 

पीडितबाट प्राप्त ठगीमा संलग्न रोकायाको नागरिकता अनुसार उनि सुर्खेत जिल्ला छिन्चु (साविक गाविस) हाल भेरिगंगा-४ का हुन् । उनि काठमाडौँको बौद्ध/जोरपाटी क्षेत्रमा आफ्नो छोरा र श्रीमतीसँग बस्दै आएका छन् ।ठगीमा संलग्न रोकायाले अन्य धेरै युवाहरुलाई पनि ठगि गरेको हुनसक्ने पीडितहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो