2026-09-04 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६५१ म्यानपावरले ६१ हजार ४२८ श्रमिक विदेश पठाए, कुन म्यानपावरले कति ? (विवरणसहित)

मनोज पराजुली । साउन ४, काठमाडौँ । गत आर्थिक वर्ष (२०७७/७८) मा म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको वार्षिक श्रम स्वीकृति विवरण अनुसार ६ सय ३ म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका हुन् ।

वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले गत वर्ष एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये २ सय ५१ म्यानपावर कम्पनीले गत वर्ष एक जना पनि श्रमिक विदेश पठाउन नसकेका हुन् । गत वर्ष २ हजार भन्दा बढी श्रमिक विदेश पठाउने २ म्यानपावर कम्पनी मात्र रहेका छन् । 

११ म्यानपावरले ५ सय कटाए 

गतवर्ष २५ म्यानपावर कम्पनीले १ जना, १५ म्यानपावरले २ जना, १७ म्यानपावरले ३ जना १६ म्यानपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका छन् । ४ सय १७ म्यानपावर कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । गत वर्ष ११ म्यानपावर कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाऊन सकेका छन् । त्यस्तै ४ सय २० म्यानपावर कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाउन सकेको विभागको तथ्यांकले देखाएको छ । गत वर्ष एक हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर संख्या ९ रहेको छ । 

टप २० म्यानपावर कुन कुन ? 

२ हजार ४ सय ४७ पुरुष र ४७ महिला गरि कुल २ हजार ४ सय ९४ जना कामदार विदेश पठाएर एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि म्यानपावरको सूचीमा पहिलो नम्बरमा परेको छ । एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलोपटक ८५४ म्यानपावर कम्पनी मध्ये कामदार विदेश पठाएको संख्याको आधारमा एक नम्बरमा परेको हो । त्यस्तै २ हजार १७२ जना विदेश पठाएर शान नेपाल प्रा. लि दोश्रो नम्बरमा परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य संख्यामा कतारमा कामदार पठाएर पहिलो र दोश्रोमा परेका हुन् । 

संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ  । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रा. लि. संख्याका आधारमा चौंथो नम्बरमा परेको छ । पाचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र पाचौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रा. लिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पहिलो नम्बरमा रहेको द रिभर ओभरसिज यस पटक सातौँ नम्बरमा पुगेको छ । रिभरले गत वर्ष १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौँ नम्बरमा अक्सफोर्ड इन्टर्नेशनल प्रा. लि ले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रा. लिले १ हजार १३९ र दशौँ नम्बरमा रहेको इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. ले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । 

सूचीको एघारौं नम्बरमा रहेको लक्की एचआर सोलुसन प्रा.लि.ले ७ सय ३७ जना कामदार पठाएको छ । त्यस्तै सूचीको बाह्रौं नम्बरमा रहेको मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.ले ६ सय ९२ जना कामदार पठाएको छ । तेह्रौं नम्बरमा रहेको फजल इन्टरनेशनल प्रा.लि.ले ६ सय ४६ जना, चौधौं नम्बरमा रहेको सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.ले ६ सय ५ जना, पन्ध्रौं नम्बरमा रहेको अल आक्स्माक्स प्रा.लि.ले ५ सय ७५ जना कामदार विदेश पठाएको छ । 

सोह्रौ नम्बरमा रहेको ट्यालेन्ट ओभरसीज सर्भिसले ५ सय ६९ जना, सत्रौं नम्बरमा रहेको अल जारफा ह्युमन रिसोर्स कन्सल्टयान्सीले ५ सय ३० जना, अठारौं नम्बरमा रहेको बेस्ट रिक्रुटमेन्ट सर्भिसले ५सय २६ जना, उन्नाइसौं नम्बरमा रहेको वाहा म्यानपावर सप्लायर्स प्रा.लि.ले  ५ सय २० जना र  बिसौं नम्बरमा रहेको नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.ले ४ सय ४ जना कामदार विदेश पठाएको छ ।

हेर्नुहोस् कुन म्यानपावरले कति पठाए विदेश














प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो