२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईद्वारा नेपाल सहित १६ देशका नागरिकलाई जुलाई २१ पछि पनि प्रतिबन्ध !

२०७८, ५ श्रावण मंगलवार ०३:३७

साउन ५, काठमाडौँ | बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ । 

युएईले यस अघि प्रतिबन्ध लगाएका मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, प्रजातान्त्रिक गणतन्त्र कंगो, भारत, इन्डोनेसिया, लाइबेरिया, नामिबिया, नाइजेरिया, पाकिस्तान, युगान्डा, सियरा लियोन, दक्षिण अफ्रीका, श्रीलंका, भियतनाम र जाम्बिया रहेका छन् ।

आइतबार जारी गरिएको नयाँ सुरक्षा निर्णय सर्कुलरमा प्राधिकरणले यसभन्दा अघि जारी गरिएको प्रतिबन्धलाई अझै यथास्थितिमै कायम राखेको छ । निर्देशन अनुसार कोभिड-१९ महामारीको अवस्था हेरेर युएईले उडान र यात्रीहरूको प्रतिबन्धको सम्बन्धमा अवस्था हेरेर आवश्यकता अनुसार नयाँ निर्णय लिने भनिएको छ । गत शुक्रबार इतिहाद एयरवेजले आफ्नो उडानहरू जुलाई ३१ सम्म स्थगित रहने जनाएको थियो । 

प्राधिकरणले कूटनीतिज्ञहरू र चिकित्सा सम्बन्धित व्यक्तिहरूलाई प्रतिबन्धित जुनसुकै देशबाट युएई जाँदा भने प्रवेशमा प्रतिबन्ध लगाउने छैन । युएईका नागरिकहरू, कूटनीतिज्ञहरू, गोल्डन र सिल्वर रेसिडेन्सी भिसा धारकहरूलाई मात्र प्रवेश अनुमति दिने निर्णयमा छ । युएईले निजी चार्टर उडानबाट युएई जाँदा प्रति उडान ८ जना भन्दा बढीले यात्रा गर्न नपाउने समेत जनाएको छ । 

नेपालको श्रम गन्तव्य देशहरु मध्ये एक महत्वपूर्ण गन्तव्य युएईले यात्रामा प्रतिबन्ध लगाएको कारण युएईमा रोजगारको लागि जाने हजारौं नेपालीहरु प्रतिबन्ध खुल्ने आशामा बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड