२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले विदेशी श्रमिकहरुको अकामाको म्याद थपिदिने

७ श्रावण २०७८, बिहीबार ०३:१४

साउन ७, काठमाडौं | नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्य एक साउदी अरवले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को म्याद थपिदिने भएको छ ।

साउदीले कोरोनाको कारण साउदी फिर्ता हुन नसकेका विदेशी श्रमिकहरुको आवासीय अनुमति पत्र (अकामा) को म्याद आगामी ३१ अगस्टसम्म बढाइदिने भएको छ । यसबाट बिदामा नेपाल आएर फिर्ता हुन नसकेका नेपालीहरुले पनि लाभ लिन सक्ने भएका छन् ।नेपालबाट भिसा करार सकिएका श्रमिकहरुले पनि साउदीको नयाँ नीतिको लाभ लिन सक्नेछन् ।

साउदीका स्थानीय सञ्चार माध्यामहरुले कोरोनाका कारण बिभिन्न देशमा विदामा गएका श्रमिकलाई यसबाट राहत मिल्ने  जनाएका छन् । 

त्यस्तै साउदीले भिजिट भिसा र एक्जिट एन्ड इन्ट्री भिसाको म्याद पनि सोहि अवधि सम्म (३१ अगस्ट) निःशुल्क बढाउने जनाएको छ । कोरोनाको कारण समयमै देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नीति लिएको जनाइएको छ । 

कोरोनाको कारण बिभिन्न देशमा बिभिन्न मापदण्डको कारण यात्रामा समस्या भएको अवस्थामा साउदीको पछिल्लो निर्णयले आप्रवासी कामदारहरुलाई सहज हुने विश्वास गरिएको छ । 

हाल साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो