२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले विदेशी श्रमिकहरुको अकामाको म्याद थपिदिने

२०७८, ७ श्रावण बिहीबार ०३:१४

साउन ७, काठमाडौं | नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्य एक साउदी अरवले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को म्याद थपिदिने भएको छ ।

साउदीले कोरोनाको कारण साउदी फिर्ता हुन नसकेका विदेशी श्रमिकहरुको आवासीय अनुमति पत्र (अकामा) को म्याद आगामी ३१ अगस्टसम्म बढाइदिने भएको छ । यसबाट बिदामा नेपाल आएर फिर्ता हुन नसकेका नेपालीहरुले पनि लाभ लिन सक्ने भएका छन् ।नेपालबाट भिसा करार सकिएका श्रमिकहरुले पनि साउदीको नयाँ नीतिको लाभ लिन सक्नेछन् ।

साउदीका स्थानीय सञ्चार माध्यामहरुले कोरोनाका कारण बिभिन्न देशमा विदामा गएका श्रमिकलाई यसबाट राहत मिल्ने  जनाएका छन् । 

त्यस्तै साउदीले भिजिट भिसा र एक्जिट एन्ड इन्ट्री भिसाको म्याद पनि सोहि अवधि सम्म (३१ अगस्ट) निःशुल्क बढाउने जनाएको छ । कोरोनाको कारण समयमै देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नीति लिएको जनाइएको छ । 

कोरोनाको कारण बिभिन्न देशमा बिभिन्न मापदण्डको कारण यात्रामा समस्या भएको अवस्थामा साउदीको पछिल्लो निर्णयले आप्रवासी कामदारहरुलाई सहज हुने विश्वास गरिएको छ । 

हाल साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड