2026-09-04 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाँदै हुनुहुन्छ ? यस्तो छ दुतावासको अनुरोध

साउन ७, काठमाडौं । साउदी स्थित नेपाली दूतावासले छुट्टीमा नेपाल आएका र पुन: रोजगारीका लागि साउदी अरब फर्किन चाहने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप लगाउन सूचित गरेको छ । 

दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै साउदी अरबमा फाइजर, अष्ट्राजिनेका, मोडेर्ना र जोनसन एण्ड जोनसनको खोपले मान्यता पाएको जनाएको हो । नेपालमा फाइजर तथा मोडेर्नाको खोप हालसम्म उपलव्ध छैन भनें अष्ट्राजिनेकाको भारतीय साझेदार कम्पनी सिरम ईस्न्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड पनि हाल उपलव्ध छैन ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै छुट्टीमा नेपाल आएकाहरुले भिषा र राहदानी देखाएर जोनसन एण्ड जोनसनको खोप लगाउन सक्ने तथा सो खोप लगाएको १४ दिन पश्चात साउदी अरब आउँदा संस्थागत क्वारेण्टिनमा बस्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगारमा जानेहरुलाई चर्को हवाई टिकटका साथै संस्थागत क्वारेण्टिनमा धेरै दिन बस्नुपर्दा निक्कै महँगो पर्दै आएको छ ।

दूतावासले फाइजर, अष्ट्राजिनेका र मोडेर्ना खोपको दुवै डोज वा जोनसन एण्ड जोनसन कम्पनीको एक डोज लगाएको १४ दिन कटेको भएमा, फाइजर, अष्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटेको भएम वा कोरोना संक्रमण भएर निको भएको ६ महिना नकटेको भएमा संस्थागत क्वारेण्टिनमा बस्नु नपर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै