साउन ३०, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर"/>
२० माघ २०८२, सोमबार
काठमाडौँ - KTM

साउदीले बंगलादेशी कामदार लिने भएपछी नेपालीलाई असर पर्ने संकेत

३० श्रावण २०७३, आईतवार १४:१४

साउन ३०, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर्ष अघिदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले फेरि बंगलादेशबाट कामदार लिन लागेको हो ।

आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको निर्णयले नेपाली कामदारको मागमा समेत असर पार्न सक्छ । बंगलादेशी कामदार पनि नेपाली कामदार जस्तै सस्तो श्रम मूल्यमा खाडी जाने गरेका छन् ।

यसैकारण साउदीका कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग घट्न सक्छ । गत जुनमा बंगलादेशीका प्रधानमनत्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको बार्तामा साउदीले बंगलादेशी कामदारलाई फेरि मौका दिने सहमति भएको थियो ।

साउदीको यो निर्णयपछि बंगलादेशका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारसहित डाक्टर, नर्स, टिचर्स, लगायतले फेरि साउदीमा कामका लागि जान पाउनेछन् । साउदीमा रहेका १३ लाख घरेलु कामदार मध्ये अहिले पनि ६० हजार बंगलादेशी महिला कामदार छन् ।

गत जुनदेखि साउदीको पुरुष घरलुक कामदारका लागि पनि भिसा दिन सुरु गरेको थियो । अब भने सबै कार्य क्षेत्रमा बंगलादेशबाट साउदीले कामदार लैजान सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार