साउन ३०, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

साउदीले बंगलादेशी कामदार लिने भएपछी नेपालीलाई असर पर्ने संकेत

३० श्रावण २०७३, आईतवार १४:१४

साउन ३०, काठमाडौं । साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । ६ वर्ष अघिदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले फेरि बंगलादेशबाट कामदार लिन लागेको हो ।

आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको निर्णयले नेपाली कामदारको मागमा समेत असर पार्न सक्छ । बंगलादेशी कामदार पनि नेपाली कामदार जस्तै सस्तो श्रम मूल्यमा खाडी जाने गरेका छन् ।

यसैकारण साउदीका कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग घट्न सक्छ । गत जुनमा बंगलादेशीका प्रधानमनत्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको बार्तामा साउदीले बंगलादेशी कामदारलाई फेरि मौका दिने सहमति भएको थियो ।

साउदीको यो निर्णयपछि बंगलादेशका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारसहित डाक्टर, नर्स, टिचर्स, लगायतले फेरि साउदीमा कामका लागि जान पाउनेछन् । साउदीमा रहेका १३ लाख घरेलु कामदार मध्ये अहिले पनि ६० हजार बंगलादेशी महिला कामदार छन् ।

गत जुनदेखि साउदीको पुरुष घरलुक कामदारका लागि पनि भिसा दिन सुरु गरेको थियो । अब भने सबै कार्य क्षेत्रमा बंगलादेशबाट साउदीले कामदार लैजान सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान