२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड सम्बन्धी दुतावासको अनुरोध

१० श्रावण २०७८, आईतवार ०६:२२

साउन १०, काठमाडौँ । कतारस्थित नेपाली दुतावासले नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड  सम्बन्धी थप जानकारी गराएको छ । दुतावासले एक सूचना जारी गर्दै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड बारे जानकारी गराएको हो  । 

१२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड (https://covid19.moph.gov.qa/…/travel…/Pages/default.aspx) अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका मापदण्डको पालना गर्नुपर्ने जनाईएको छ । 

१. हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने । 

२. यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Permit  प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने ।  

३. कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुनपर्ने ।

४.कतारले मान्यता दिएका Pfizer/BioNTech, Moderna, Astrazeneca (Coveshield/Oxford/Vaxepheria) र Jansen/Johnson&Johnson खोपको मात्रा कुनै पनि देशमा पूरा गरेको १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टिन बस्नुनपर्ने । खोप लगाएको प्रमाणपत्रमा देहायबमोजिमको जानकारी हुनुपर्ने: 

राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, 

खोप लगाइएको मिति,  

खोपको नाम/प्रकार,  

उपलब्ध भएमा खोपको लट नम्बर, र 

खोप लगाउने निकायको सही छाप 

५. कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नुनपर्ने । 

६. खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Qatar वेबसाइटबाट बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने ।

थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो