२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड सम्बन्धी दुतावासको अनुरोध

२०७८, १० श्रावण आईतवार ०६:२२

साउन १०, काठमाडौँ । कतारस्थित नेपाली दुतावासले नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड  सम्बन्धी थप जानकारी गराएको छ । दुतावासले एक सूचना जारी गर्दै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड बारे जानकारी गराएको हो  । 

१२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड (https://covid19.moph.gov.qa/…/travel…/Pages/default.aspx) अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका मापदण्डको पालना गर्नुपर्ने जनाईएको छ । 

१. हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने । 

२. यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Permit  प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने ।  

३. कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुनपर्ने ।

४.कतारले मान्यता दिएका Pfizer/BioNTech, Moderna, Astrazeneca (Coveshield/Oxford/Vaxepheria) र Jansen/Johnson&Johnson खोपको मात्रा कुनै पनि देशमा पूरा गरेको १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टिन बस्नुनपर्ने । खोप लगाएको प्रमाणपत्रमा देहायबमोजिमको जानकारी हुनुपर्ने: 

राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, 

खोप लगाइएको मिति,  

खोपको नाम/प्रकार,  

उपलब्ध भएमा खोपको लट नम्बर, र 

खोप लगाउने निकायको सही छाप 

५. कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नुनपर्ने । 

६. खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Qatar वेबसाइटबाट बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने ।

थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त