2026-09-04 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने

साउन १४, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्यमध्येको एक खाडी मुलुक ओमानले नेपालबाट दक्ष स्वास्थ्यकर्मी लैजाने भएको छ ।ओमानका लागि नेपाली राजदूत सर्मीला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्रालयका सचिव शेख नासेर विन अमिर अल होस्नीबीच भएको द्विपक्षीय भेटवार्तामा ओमानले दक्ष स्वास्थ्यकर्मी लैजाने इच्छा गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत ढकालले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रक्रिया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको जटिलताको सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।नेपालबाट ओमानमा दक्ष स्वास्थ्यकर्मीहरू उपलब्ध गराउन सकिनेलगायत श्रम कूटनीतिका विविध विषयमा आफ्नो धारणा राखेको राजदूत ढकालले बताइन् ।

सचिव शेख नासेरले पनि श्रम सम्झौतामा भएको पछिल्लो प्रगतिको जानकारी गराउँदै कोरोना महामारी (कोभिड-१९ ) ले व्यावसायिक क्षेत्रमा थप जटिलता निम्त्याएकोले श्रम सम्बन्धी विषयहरूमा एक अर्को पक्षसँग सहकार्य गर्दै समस्त श्रमिक बर्गहरूलाई हित हुने कार्य गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै