2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा एक चौथाइ विकास बजेट खर्च एक महिनामै

कृष्ण न्यौपाने। साउन १५, दमौली (रासस)। तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । 

उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ विनियोजन गरिएकामा असारमा मात्रै रु ९२ करोड ६६ लाख ८३ हजार ९८७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

त्यस्तै सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु नौ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ विनियोजन गरिएकामा असारमा रु एक अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । 

यस्तै प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ रु दुई अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ विनियोजन गरिएकामा एकै महिनामा रु ९९ करोड ३८ लाख ३३ हजार ८५३ खर्च भएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु ९० करोड ६१ लाख एक हजार विनियोजन गरिएकामा रु २० करोड ५९ लाख १० हजार ८८७ खर्च भएको भट्टराईले बताउनुभयो । 

“असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ ।”

कूल बजेट खर्च ८५.०४ प्रतिशत

उक्त आवमा सङ्घ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ । सङ्घतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो । गत आर्थिक वर्ष २०७६÷७७ मा सङ्घतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्षभन्दा सङ्घतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्याङ्कले देखाएको छ । 

सङ्घतर्फ चालूतर्फ रु आठ अर्ब ७७ करोड ८५लाख ४६ हजार ७६६ र पूँजीगततर्फ रु दुई अर्ब तीन करोड २० लाख एक हजार १८४ बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ रु ८० करोड १२ लाख ६३ हजार ५५२ र पूँजीगततर्फ रु दुई अर्ब २६ करोड ६९ लाख ४२ हजार ४८८ खर्च भएको कार्यालयले जनाएको छ । 

राजस्व बढ्यो

जिल्लास्थित सरकारी कार्यालयले गत आवभन्दा यस अवधिमा राजस्व सङ्कलन वृद्धि गरेका छन् । सङ्घ र प्रदेशतर्फका कार्यालयले आव २०७७÷७८ मा राजस्व सङ्कलन वृद्धि गरेका हुन् । यस वर्ष रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा रु सात अर्ब ३५ करोड दुई लाख ५६ हजार राजस्व सङ्कलन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई