2026-09-04 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज खोप लगाए पुग्ने

साउन १९, काठमाडौं । मलेसियाको पेनाङमा ‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज दिए पुग्ने कोभिड १९ विरुद्दको खोप दिइने भएको छ । कोभिड-१९ खोप टास्क फोर्सले खोप दिने प्रवन्ध गरेको मलेसियामा सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेनाङका स्वास्थ्य प्रमुखका अनुसार अवैधानिक रुपमा बस्दै आएका विदेशीहरुलाई एक डोज मात्र दिए पुग्ने खोप लगाइने छ । उनले अवैधानिक रुपमा बस्दै आएकाहरु त्था शरणार्थीहरुलाई एकैपटक खोप दिन लागिएको जानकारी दिएका छन् ।गत जुन महिनामा एक सञ्चार माध्यममा डक्टर विथ आउट वोर्डर्स तथा युएनएचसीआरसँगको समन्वयमा पेनाङमा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकहरु तथा शरणार्थीहरुलाई खोप लगाइने समाचार प्रकाशित भएको थियो ।

त्यसरी खोप लगाउनेहरु झण्डै २० हजारले आवेदन दिने अपेक्षा गरिएपनि पक्राउ परिने त्रासका कारण धेरैले आवेदन नदिएको जनाइएको छ । युएनएचसीआरले शरणार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा सरिरहने भएका कारण उनीहरुका लागि एक डोज लगाए पुग्ने खोप प्राथमिकतामा राखेको समाचारमा जनाइएको छ ।

पेनाङका स्वास्थ्य प्रमुखले सार्वजनिक निजि साझेदारी अन्तर्गत ६ हजार विदेशी श्रमिकले खोप लगाएको बताए । मलेसियाले आफूसँग काम गर्ने श्रमिकको न्यूनतम शुल्क रोजगारदाताहरुले तिरेर कोभिड १९ विरुद्दको खोप लगाउने व्यवस्था गरेको छ । MySejahtera एप मार्फत रजिष्टर गरेका विदेशी श्रमिकलाई खोप प्रदान गरिने स्थानीय जिम्मेवार सरकारी अधिकारीहरुले बताएका छन् ।

गत जुलाई २५ मा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिक तथा शरणार्थीहरुलाई खोप प्रदान गरिने सम्वन्धि कार्यविधि राष्ट्रिय खोप कार्यक्रमले स्वीकृत गरेको थियो । खोप कार्यक्रम मलेसियन रेड क्रिसेन्ट मार्फत सञ्चालन गर्ने मलेसियाको सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै