२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा तीव्र रुपमा कोरोना संक्रमण बढ्दै, नेपालीका लागि मलेसिया रोजगारी थप अनिश्चित

१९ श्रावण २०७८, मंगलवार ०६:२१

साउन १९, काठमाडौं । नेपालीको एउटा मुख्य श्रम गन्तव्य मुलुक मलेसियामा पछिल्लो समयमा कोभिड-१९ (कोरोना) का संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । मलेसियाले खोप अभियानलाई तिव्रता दिइरहेको समयमा संक्रमितको संख्या पनि दैनिक उच्च गतिमा वृद्धि भइरहेको छ ।

कोभिड-१९ का संक्रमितहरुको तथ्याङ्क सार्वजनिक गर्ने अनलाइन वल्र्डओमिटरका अनुसार पछिल्ला केहि दिनयता मलेसियामा दैनिक १५ हजारभन्दा धेरै संक्रमित फेला परिरहेका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयले सोमवार मलेसियामा १५ हजार ७ सय ६४ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । आइतवार भनें १७ हजार १ सय ५० जना संक्रमित मलेसियामा फेला परेका थिए । शनिवार १७ हजार ७ सय ८६ जना संक्रमित फेला परेका थिए । मलेसियामा हालसम्म ११ लाख ४६ हजार व्यक्तिलाई कोभिडको संक्रमण भइसकेको छ । त्यसमध्ये ९ लाख ३७ हजारको हाराहारी भनें निको भइसकेका छन् ।

संक्रमित फेला पर्ने क्रम बृद्दि भएसँगै मृत्यु हुनेहरुको संख्या पनि बढेको छ । सोमवार कोरोनाको संक्रमणका कारण २ सय १७ जनाले मलेसियामा ज्यान गुमाएका थिए । आइतवार १ सय ६० जनाको ज्यान गएको थियो । हालसम्म मलेसियामा कोभिडका कारण ९ हजार ४ सय ३ जनाले कोरोनाको संक्रमण भएर ज्यान गुमाएका छन् ।

यसैबीच मलेसियाले आफ्ना वयस्क नागरिक मध्ये ३० प्रतिशतलाई पूर्ण खोप लगाइसकेको जनाएको छ । मलेसियाका स्वास्थ्यमन्त्रीले सोमवार एकै दिन ४ लाख ६८ हजार भन्दा बढी व्यक्तिलाई खोप लगाएपछि यस्तो बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । हालसम्म मलेसियाले पहिलो र दोश्रो मात्रा गरेर २ करोड १६ लाख ६८ हजार ९ सय ९९ मात्रा खोप लगाइसकेको जनाएको छ ।

मलेसियामा कोरोना संक्रमणदर तिब्र बढेसंगै नेपालीहरुको लागि मलेसिया रोजगारी थप अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो