2026-09-04 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि क्यूआर कोडसहितको कोरोना खोपकार्ड लिन सकिने, यस्तो छ तरिका

साउन २१, काठमाडौं । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान चाहने नागरिकहरूका लागि सरकारले क्यूआर कोड सहितको कोरोनाको विद्युतीय खोपकार्ड जारी गर्न थालेको छ । खोप प्रमाणीकरणका लागि घन्टौंसम्म लाइन बस्दा समेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेपछि सरकारले आजदेखि क्यूआर कोड सहितको कोरोनाको विद्युतीय खोपकार्ड जारी गर्न शुरु गरेको हो ।

यसका लागि साउन २१ देखि यहाँ क्लिक गरी अनलाइन पोस्ट रजिष्ट्रेसन (Online Post Registration) गरी त्यहाँ उल्लेख भएअनुसारका विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ । अनलाइन पोस्ट रजिष्ट्रेसन गर्न असमर्थ हुनुहुन्छ भने २०७८ साउन २१ देखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भएर यो कार्ड लिन सकिनेछ ।

त्यसका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपी, खोप कार्डको फोटोकपी र कबुलियतनामा आवश्यक पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

यहाँ क्लिक गरी कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेहरूका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

जसमा भिषा र टिकटको फोटोकपी चाहिने उल्लेख छ । क्यूआर कोड सहितको विद्युतीय कोरोना खोप कार्डको विषयमा थप जानकारी आवश्यक भएको खण्डमा दीपक झा नाम गरेका कर्मचारीलाई ९८४३२८४३५२ मा सम्पर्क गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै