साउन ३१, इटहरी । इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुईवटा कवाडी पसलमा बिहान ३ बजेतिर लागेको भीषण आगलागीमा कम्तीमा रु ३० लाखको नोक्सानी भएको अनुमान गरिएको छ । 

आगलागीमा रमेश डङ्गोलको पसल ध्वस्त हुँदा उहाँको र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, इटहरी । इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुईवटा कवाडी पसलमा बिहान ३ बजेतिर लागेको भीषण आगलागीमा कम्तीमा रु ३० लाखको नोक्सानी भएको अनुमान गरिएको छ । 

आगलागीमा रमेश डङ्गोलको पसल ध्वस्त हुँदा उहाँको र"/>

२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इटहरीमा आगलागीबाट तीस लाखको क्षति

२०७३, ३१ श्रावण सोमबार ०६:०९

साउन ३१, इटहरी । इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुईवटा कवाडी पसलमा बिहान ३ बजेतिर लागेको भीषण आगलागीमा कम्तीमा रु ३० लाखको नोक्सानी भएको अनुमान गरिएको छ । 

आगलागीमा रमेश डङ्गोलको पसल ध्वस्त हुँदा उहाँको रु २० लाख बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 

डङ्गोलसँगै उत्तरतर्फ जोडिएको दीपक चौधरीको विशाल पसलको पनि रु १० लाख बराबरको नोक्सानी भएको सञ्चालक बताइएको छ । आगो विद्युत् चुहावट भएर लागेको अनुमान गरिएको छ । 

घना सहरीकरण क्षेत्रमा भएको आगोलाई इटहरी उपमहानगरपालिकाका दुई र अन्य स्थानबाट आएका वारुणयन्त्रले बिहान ६ बजेतिर पूर्णरुपमा नियन्त्रणमा लिएको इटहरी वारुणयन्त्रका कर्मचारीले बताएका छन् । 

आगो लागेको केही समयमा नै वारुणयन्त्रले आगो निभाउन जुटिहालेकाले ती पसल आसपासका घरमा आगो पैmलन नपाएकाले अरु ठूलो नोक्सानी हुनबाट जोगिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो