२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा खोसिंदै विदेशी श्रमिकको रोजगारी

२६ श्रावण २०७८, मंगलवार ०५:४९

साउन २६, काठमाडौँ । साउदी अरबले मुलुकमा उपलव्ध रोजगारी आफ्नै नागरिकका लागि सुरक्षित गर्ने उद्देश्यले थप केहि क्षेत्रको रोजगारीमा केवल स्वदेशी नागरिकलाई मात्र राख्न पाउने नीति कार्यान्वयनमा ल्याएको छ । गत सातादेखि केहि मलहरुमा सिमित काममा बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास कार्यान्वयनमा ल्याएको हो ।

गत हप्तादेखि साउदी अरबका केहि सपिंग मलहरुमा यो अभ्यास सुरु भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । पछिल्ला केहि बर्षयता साउदी अरेवियाले साउदीकरण अभियान अगाडी बढाइरहेको छ । यसले मुलुकमा उपलव्ध रोजगारीमा साउदी नागरिकहरुलाई नै आवद्द गर्ने लक्ष्य राखेको छ । यसले विदेशी श्रमिकमा रहेको निर्भरतालाई घटाउने अपेक्षा साउदी सरकारले राखेको छ ।

गत अप्रिलमा सामाजिक विकास मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका क्रममा मलहरुमा सिमित काम बाहेक अन्य काममा शत प्रतिशत साउदी नागरिकलाई नै रोजगारीमा राख्नु पर्ने नियम कार्यान्वयनमा आएको हो । यसले साउदी नागरिकहरुका लागि थप ५१ हजार रोजगारी उपलव्ध हुने जनाइएको छ । क्याफे तथा रेष्टुराँहरुमा भने ५० प्रतिशत विदेशी नागरिकलाई रोजगारीमा राख्न पाइने व्यवस्था छ । यसैगरी हाईपर मार्केट तथा सुपरमार्केटहरुमा पनि यस्तै व्यवस्था रहेको समाचारमा जनाइएको छ ।

सफाई कार्य, सामान ओसारपसार गर्ने, मर्मतसम्हारको कार्य तथा हजामको काममा भनें साउदीकरण गरिएको छैन । ति काममा विदेशी श्रमिक राख्न रोजगारदाताहरु स्वतन्त्र छन् । साउदी अरबको नयाँ नियम अनुसार सपिंग मलहरुमा कार्यरत कुल श्रमिक मध्ये २० प्रतिशत भन्दा बढी विदेशी हुन पाउने छैनन् । उनीहरुका लागि छुट्टै पहिरनको व्यवस्था हुनु पर्नेछ ।

चार महिना अगाडी नै गरिएको मन्त्रीस्तरिय निर्णय गत अगष्ट ४ तारिखदेखि कार्यान्वयनमा आएको जनाइएको छ । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि सो समयावधि उपलव्ध गराएको थियो । कुनै रोजगारदाताले अव उपरान्त सो निर्णय कार्यान्वयन नगरेमा आर्थिक जरिवाना तथा सजाय हुने चेतावनी दिइएको छ । साउदी अरबले एकाउण्टेट, कार्यालयका प्रशासनिक काम लगायतमा यस अगाडी देखि नै साउदी नागरिकलाई प्राथमिकता दिनुपर्ने नीति लिएको छ । देशपरदेश 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो