साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनीबजारको १८ स्थानमा सौर्य बत्ती जडान

३१ श्रावण २०७३, सोमबार ०९:०५

साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अठार स्थानमा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका सूचना अधिकृत इन्जिनियर विमल रञ्जन केसीले जानकारी दिनुभयो । सात मिटर अग्लो खम्बामा सोलार प्यानल र ब्याट्रीमार्फत उज्यालो दिने गरी हेडलाइट जडान गरिएको छ । सौर्य सडक बत्ती जडानका लागि रु १८ लाख ३९ हजार १४० लागेको नगरपालिकाले जनाएको छ । 

यो वर्ष सुरु भएको सौर्य सडक बत्ती जडान कार्यक्रम आगामी वर्षदेखि नगरपालिकाका सबै क्षेत्रमा विस्तार गरिने नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो । सौर्य सडक बत्ती जडानका लागि स्थानीय विकास मन्त्रालयले ६५ प्रतिशत, नगरपालिका कोषमार्फत २० प्रतिशत अनुदान र उपभोक्तामार्फत १५ प्रतिशत लगानी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ