साउन ३१, धनगढी । समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । 

कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, धनगढी । समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । 

कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्युत्का ३७५ ग्राहक कालोसूचिमा

३१ श्रावण २०७३, सोमबार ०९:१७

साउन ३१, धनगढी । समयमै विद्युत् महसुल नबुझाउने ३७५ ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले कालोसूचिमा राखेको छ । 

कालोसूचिमा परेका ग्राहकले रु ३६ लाख ३७ हजार विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकलाई कालोसूचिमा राख्ने गरिएको छ । 

प्राधिकरणको विद्युत् महसुलबापतको बाँकी बक्यौता रकम वृद्धि हुँदै जाँदा गत आवको अन्त्यसम्म रु १० करोड ३३ लाख ७४ हजार पुगेको छ । अघिल्लो आवसम्म बाँकी बक्यौता रकम रु आठ करोड १३ लाख ३९ हजार रहेको थियो । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५÷६६ सम्मको सडक बत्तीको सबै महसुलको हिसाब मिलान गरेकामा त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बाँकी बक्यौता रकम बढी देखिएको बताइएको छ । सात वर्षयता सडकबत्तीको मात्रै बाँकी बक्यौता महसुल रु चार करोड ४९ लाख दुई हजार पुगेको छ । सडक बत्तीपछि घर बत्ती ९ग्राहस्थ० वर्गको रु तीन करोड ८४ लाख २१ हजार, व्यापारी वर्गको रु ५१ लाख ४१ हजार, उद्योग वर्गको रु ५१ लाख १५ हजार, सिँचाइको रु २० लाख ४३ हजार बाँकी बक्यौता रकम पुगेको छ । 

विद्युत् प्राधिकरणको धनगढी शाखाअन्तर्गत करिब ४५ हजार ग्राहक रहेका छन् । नगर क्षेत्रमा बसाइ सराइको चाप बढ्दै गएसँगै बर्सेनि विद्युत्का ग्राहक बढ्दै गएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान