2026-07-28 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

 साउन ३१, काठमाडौं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।

दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।

दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो । दूतावासले प्रमाणिकरण गरेको मागपत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रकोइज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कारवाही गरिएको छैन ।

केहि दिनपछि विनामाई म्यानपावरले रोजगारदाता कम्पनीसँग श्रमिक पठाउने अनुमति माग्दा माग्दै सो मागपत्र अर्को म्यानपावरलाई दिएको देखिएको छ । रोजगारदाता कम्पनीले दूतावासमार्फत प्रमाणिकरण गरेर सोही डिमान्ड स्यारोन मेनपवारलाई पुनः ३४ श्रमिक पठाउन मागपत्र प्रमाणिकरण गरेको छ ।

स्यारोन कम्पनी र रोजगारदाता कम्पनीले पहिला नै प्रमाणिकरण भएको मागपत्र जाँचबुझ नै नगरी अर्को म्यानपावरलाई दिर्दा कतार जान तयार रहेका ३३ श्रमिक अलपत्र परेका छन् ।

विनामाई म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक तिर्थबहादुर गुरुङले छनोट भएर विदेश जान तयार रहेका ३३ श्रमिक अलपत्र बनाउने रोजगारदातालाई कालो सूचिमा राख्न वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् ।

नेपाली दूतावासले एकै प्रकृतिका मागपत्रलाई २ पटक प्रमाणिकरण गरेर श्रमिकलाई अलपत्र बनाएको गुरुङको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ