2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्रीको ध्यानाकर्षण

भदौ १, काठमाडौँ । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गरेको छ । समितिले गृहमन्त्री  खाँणलाई भेटेर मलेसियामा करार अवधि सकेर स्वदेश फर्कन हवाईसेवा नियमित नभएकाले हवाई भाडा अत्यन्तै महंगो पर्न गएको भन्दै नियमित हवाईसेवा संचालनको लागि पहल गरिदिन ध्यानाकर्षण गराएको छ ।

 नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियामा पनि कोरोना दिनप्रतिदिन फैलिईरहेको कारण  थुप्रै कम्पनीहरु बन्द भैसकेका छन र बन्द हुने क्रममा छन् । एकातिर कोभिङ-१९ को समस्या अर्कोतर्फ नेपालीहरुले रोजगारी गुमाइरहेको अवस्थाले पीडा माथि झन पीडा थपिरहेको समितिले जनाएको छ । 

कोरोना महामारीबाट नियमित हवाई सेवा संचालन नहुँदा मलेसियामा मंगलवार सम्म २४ वटा शवहरु अलपत्र अवस्थामा रहेका छन् । ‘परिवारले शव खोजीरहेका छन तर मलेसियामा आउने न्यारोवडी जहाजले शव स्वदेश लैजान नसक्ने हुनाले कम्तीमा पनि मलेसियामा महिनामा दुईपटक सम्म वाईडवडि जहाज पठाउने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौ’ गृहमन्त्रीलाई ध्यानाकर्षण गरिएको पत्रमा भनिएको छ ।

‘मलेसियामा करीव तीन लाख नेपाली श्रमिकहरु रहेका छन् । उनीहरुलाई विभिन्न कारणले वेलावेलामा समस्या आउने गर्दछ तर उनीहरुले कतैपनि सेल्टर पाउन सकेका छैनन तसर्थ मलेसियामा श्रमिकहरुलाई आफनै सेल्टर हाउस भएको खण्डम उनीहरुले कानुनी न्याय पाउनुको साथै सेल्टरमा बसेर सेवा लिन सक्ने थिए साथै अलपत्र, अगंभग, वेखंची, विरामीहरुक लागि ठुलो राहत मिल्ने थियो त्यसको व्यवस्थाका लागि आवश्यक पहल गरिदिनु हुन समेत अनुरोध गर्दछौ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै