२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतद्वारा नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति, अब सिधा उडान हुने

४ भाद्र २०७८, शुक्रबार ०९:४७

भदौ ४, काठमाडौँ । कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। कुवेतले नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति दिएको हो ।

बुधबार कुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँगका व्यवसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। नेपाल र कुवेतबीच विगत लामो सममदेखि सिधा हवाई उडान रोकिएको थियो । कुवेतले नेपाललाई कोभिडको संक्रमणको ‘हाइ रिक्स’ मुलुकको सूचीमा समावेश गरेको थियो। कुवेतले गत १ अगष्टदेखि विमानस्थल सूचारु गर्दै व्यवसायिक उडानको लागि अनुमति दिएको थियो । त्यत्तिबेला नेपालसहित ५ देशहरुबाट हुने उडान भने १० अगष्टसम्म रद्द गरिएको थियो।

१० अगष्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै निश्चितकालको लागि प्रतिबन्ध लगाएको थियो। उडान प्रतिबन्धका कारण घरविदामा नेपाल आएका श्रमिक नेपालमै अड्किएका छन् । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका छन् ।

नयाँ निर्णय अनुसार यी देशहरुसँगका उडानहरु कुवेतको मन्त्रीस्तरीय कोरोना भाइरस आपतकालीन समितिद्वारा निर्दिष्ट गरिएका मापदण्डको आधारमा सञ्चालन हुनेछन्। नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको कोटाको आधारमा सञ्चालन हुने २९ वटा एयरलाइन्सको लागि कोटा निर्धारण गरेको छ । जसअनुसार, सञ्चालन क्षमता बढाएर प्रतिदिन ७ हजार ५ सय यात्रुसम्म पुर्याउने बताइएको छ। निर्देशनालयका अनुसार कुनै गन्तव्यका लागि कोटा बढाइएको छ भने बाँकी गन्तव्यको लागि कोटा यथावत् राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो