2026-06-20 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतद्वारा नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति, अब सिधा उडान हुने

भदौ ४, काठमाडौँ । कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। कुवेतले नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति दिएको हो ।

बुधबार कुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँगका व्यवसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। नेपाल र कुवेतबीच विगत लामो सममदेखि सिधा हवाई उडान रोकिएको थियो । कुवेतले नेपाललाई कोभिडको संक्रमणको ‘हाइ रिक्स’ मुलुकको सूचीमा समावेश गरेको थियो। कुवेतले गत १ अगष्टदेखि विमानस्थल सूचारु गर्दै व्यवसायिक उडानको लागि अनुमति दिएको थियो । त्यत्तिबेला नेपालसहित ५ देशहरुबाट हुने उडान भने १० अगष्टसम्म रद्द गरिएको थियो।

१० अगष्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै निश्चितकालको लागि प्रतिबन्ध लगाएको थियो। उडान प्रतिबन्धका कारण घरविदामा नेपाल आएका श्रमिक नेपालमै अड्किएका छन् । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका छन् ।

नयाँ निर्णय अनुसार यी देशहरुसँगका उडानहरु कुवेतको मन्त्रीस्तरीय कोरोना भाइरस आपतकालीन समितिद्वारा निर्दिष्ट गरिएका मापदण्डको आधारमा सञ्चालन हुनेछन्। नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको कोटाको आधारमा सञ्चालन हुने २९ वटा एयरलाइन्सको लागि कोटा निर्धारण गरेको छ । जसअनुसार, सञ्चालन क्षमता बढाएर प्रतिदिन ७ हजार ५ सय यात्रुसम्म पुर्याउने बताइएको छ। निर्देशनालयका अनुसार कुनै गन्तव्यका लागि कोटा बढाइएको छ भने बाँकी गन्तव्यको लागि कोटा यथावत् राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ