२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा अनुगमन ठप्प, सामान्य लेवरकै लागत १ लाख ४० हजार !

८ भाद्र २०७८, मंगलवार ०९:५६

भदौ ८, काठमाडौं । म्यानपावर कम्पनी र अवैध एजेन्टले विदेश जाने युवाहरुसंग मनपरी शुल्क लिइरहेको भन्दै गुनासो आउने क्रम बढेको छ । पछिल्लो समय वैदेशिक रोजगार विभागले गर्ने अनुगमन ठप्प हुँदा विदेश जानेहरु ठगिएका गुनासाहरु आउनेक्रम बढेको हो ।

'वैदेशिक रोजगार' एप मार्फत साझा सवाललाई प्राप्त दर्जनौं गुनासाहरुमा म्यानपावर कम्पनी र एजेन्टहरुले वैदेशिक रोजगारीका लागि चर्को शुल्क मागिरहेको भन्दै पीडितहरुले विभागको ध्यानाकार्षण गराइदिन अनुरोध गरेका छन् ।

हाल कतार, साउदी, ओमान लगायत केहि देशले मात्र नेपाली श्रमिक लिएका छन् भने मलेसिया, कुवेत, युएई लगायत देशले श्रमिक लिएका छैनन् । श्रमिकको डिमाण्ड कम भएको मौका छोप्दै चर्को शुल्क तिर्न तयार श्रमिकलाई मात्रै छनौट हुनेगर्ने गरेको युवाहरुले बताएका छन् । साउदीमा लेवर काममा जान एक म्यानपावर कम्पनीले एक लाख ४० हजार मागेको छ यो कत्भतिको जायत हो भन्दै गुनासो गरेका छन् ।

विदेश जान चाहने युवा बढी भएका कारण पनि लागत शुल्क बढ्न पुगेको एक व्यवसायीले बताएका छन् । डिमाण्ड धेरै भएको अवस्थामा स्वभाविक रुपमा लागत कम हुन्छ नै एक व्यवसायीले भने 'कोरोना महामारीका कारण डिमाण्ड कम छ, हवाई टिकट महँगो छ, रोजगारदाता कम्पनीले सबै खर्च व्यहोर्दैन यस्तो अवस्थामा लागत बढ्नु स्वाभाविक हो ।' तर विदेशका केहि ठुला कम्पनीका डिमाण्ड किनवेच गर्न म्यानपावर व्यवसायी नै तल्लिन हुँदा लागत थप बढ्न पुगेको ति व्यवसायीले बताए ।

श्रममन्त्री र विभाग महानिर्देशकको कुर्सि खाली

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न नसक्दा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रीविहिन रहेको छ । यद्यपी यो मन्त्रालयको जिम्मा प्रधानमन्त्री स्वयम्ले हेर्दै आएपनि विभागीय मन्त्री भए सरह हुनेपर्ने काम ठप्प छन्  । त्यतिमात्र होइन वैदेशिक रोजगारीको नियामक जिम्मेवारी पाएको वैदेशिक रोजगार विभाग नेतृत्वविहिन बन्न पुगेको छ । विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले उमेरहदका कारण भदौ ६ (बुधबारदेखि) सेवाबाट अवकाश लिएसंगै विभाग नेतृत्व बिहिन बन्न पुगेको हो ।

दवाडी गत वैशाख ५ गते विभागको महानिर्देशकको जिम्मेवारीमा आएका थिए तर उनले करिब ४ महिने कार्यकालमा  वैदेशिक रोजगार विभागको नियमित विभागीय काम बाहेक केहि प्रगति गर्न सकेनन्। उनले इजरायल रोजगारीको लागि आवेदन संकलनको प्रक्रिया मात्र सुचारु गर्न सके तर सम्पूर्ण प्रक्रिया सकेर इजरायलमा युवालाई पठाउने समयसम्म काम गर्न अवसर पाएनन्  ।

दवाडी भन्दा अगाडी विभागको महानिर्देशक भएर जिम्मेवारी सम्हालेका भिष्मकुमार भुसार र कुमार दहालको वैदेशिक रोजगारीमा ठगीका उजुरी माथी छानविन गर्दै अनुगमनलाई तीब्र बनाएका थिए तर दवाडी आएपछि अनुगमन ठप्प मात्र भएन विभागको कार्यशैली प्रति आम युवाहरुले प्रश्नउठाएका छन् । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराई विभागले नियमित अनुगमन गरिरहेको दावी गर्दछन् । अगुगमन गरिरहेको भए विवरण उपलब्ध गराउन माग गर्दा निर्देशकभट्टराईले त्यस्तो खास केहि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो