2026-09-11 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको सीमानाकामा सुरक्षा जाँच कडाइ

भदौ ९, मनाङ | हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । छिमेकी जिल्ला लमजुङ र जिल्लाको सीमावर्ती नाकामार्फत हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा जाँचमा कडाइ गर्न लागिएको छ । 

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा आयोजित अन्तरजिल्ला समन्वय बैठकले जाँचलाई प्रभावकारी र कडाइ गर्ने निर्णय गरेको हो । नाका खुला गरिँदा हुनसक्ने अवैध हातहतियार तथा विस्फोटक पदार्थ, लागुऔषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडीबुटी, वनपैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु/अखेटोपहारलगायत अवैध तथा बहुमूल्य वस्तुको चोरी निकासी तथा ओसारपसार गतिविधिमा रोक लगाउन सुरक्षा जाँच कडाइ गरिने भएको हो । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सीमा क्षेत्रमा नदी, खोलानालालगायतबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन नियन्त्रण गर्न जाँज कडाइ गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको अवैधरूपमा हुने उत्खनन तथा चोरी निकासी नियन्त्रण गर्न सूचना आदानप्रदान गरी आवश्यक समन्वय गर्नेछ । 

“बाढीपहिराजस्ता विपद् व्यवस्थापन, विभिन्न प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगका कारण उत्पन्न हुने जोखिम र क्षतिको न्यूनीकरणका लागि आपसी समन्वय र सहकार्य गर्ने निर्णय भएको छ”, प्रजिअ लामिछानेले भन्नुभयो । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार अविरल वर्षासँगै आएको बाढी पहिरोका कारणले बेँसीसहर–चामे सडकखण्डमा धेरै क्षति पुगेको र गत जेठ १५ गतेदेखि नै सडक अवरुद्ध रहेको हुँदा उक्त सडक सञ्चालनमा ल्याउन समन्वयात्मक तवरबाट प्रयास थालिने छ । सडकको अनुगमन, निरीक्षण र निर्देशनलाई निरन्तररूपमा जारी राख्नेसमेत उहाँले बातउनुभयो ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर हुँदै गएकाले बाढी प्रभावित क्षेत्रमा ढुवानी हुने खाद्यान्न, औषधि, इन्धन, निर्माण सामग्रीलगायत आपूर्तिको व्यवस्था गरी सहज अवस्थामा ल्याउन सहजीकरण गरिने लुइँटेलले बताउनुभयो । 

त्यस्तै, कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि दुवै जिल्लाका स्वास्थ्य संस्थाको समन्वयमा सूचना सम्प्रेषण तथा समन्वयात्मक ढङ्गले महामारीजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि समन्वय गरिने भएको छ । विपद्को समयमा जिल्लाभित्र खोज तथा उद्धार कार्यमा खटिने मौजुदा सुरक्षाकर्मी जनशक्ति, उद्धार तथा आपत्कालीन राहत सामग्री अपुग भएमा दुवै जिल्लाका सुरक्षा निकायबीच आपसी समन्वय गरी परिचालन गर्ने निर्णय भएको लामिछानेले बताउनुभयो ।

बेँसीसहर–चामे सडकखण्डमा वर्षायाममा बाढीपहिरा तथा हिउँदमा हिमपहिराका कारण समय–समयमा सडक अवरुद्ध हुनसक्ने भएकाले आ–आफ्नो जिल्लाको सीमाभित्र पर्ने अवरुद्ध सडक तत्काल खुलाउन आवश्यक पहल गर्ने निर्णय भएको लामिछानेले बताउनुभयो । बैठकमा मनाङका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारी, रणदल गुल्म मनाङका सेनानी सुजित अधिकारी, सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थी, अनुसन्धान प्रमुख सुन्दरमणि पोख्रेल, लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्की, सशस्त्र प्रहरी बल लमजुङका प्रहरी नायब उपरीक्षक नवराज थापा, श्रीजङ्ग गणका सेनानी किशोर अधिकारी, जिल्ला अनुसन्धान प्रमुख कुमार बुढाथोकीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट