२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हाइड्रोपावर प्रभावितलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर

१२ भाद्र २०७८, शनिबार ०९:४०

भदौ १२, त्रिशूली (रासस)। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् ।

कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले  एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि  विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी–४ र पञ्चकन्या–४ का जनतालाई असर पर्ने  देखिएको छ । ती  गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता रु १०० का दरले एक लाख ६० हजार कित्ता शेयर दिन लिखित सहमति जनाउनुभएको थियो  ।

सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको समितिका सदस्य दुप्चेश्वर–६ का राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार यस समितिले  अति अससर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ ।

एकै कम्पनीको दोहोरो शेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपिओ  उनीहरूलाई नभर्न आग्रह गरिएको तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ