2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरी रोजगारको बाटो खुल्यो !

भदौ १३, काठमाडौं । नेपालीहरू वैधानिक तरिकाले कतार प्रहरीमा भर्ना हुने प्रक्रियाले छिट्टै गति लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता कतारको दोहास्थित नेपाली दूतावासलाई नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सझौताको परिधिभित्र रहेर कतार प्रहरीका लागि मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएको छ ।

कतार प्रहरीमा कोरिया र इजरायलमा जस्तै सरकारी स्तरबाट पठाउने चर्चा यसअघि नचलेको होइन । तर सन् २००५ को नेपाल र कतारबीचको द्विपक्षीय श्रम सम्झौतामा नेपाली नागरिकलाई नेपालका निजी क्षेत्रबाट पठाउने उल्लेख छ । यसले कतार प्रहरीमा पठाउने काममा निजी क्षेत्रका म्यानपावर कम्पनीहरुले जिम्मा पाउने देखिएको छ । कुन कुन म्यानपावर कम्पनी यस प्रक्रियामा सहभागी हुने छन् भन्ने विषय स्पष्ट भई नसकेको मन्त्रालय श्रोतले मध्यान्हलाई बतायो ।  

कतारले एक वर्षअघि नै करिब १० हजार नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न चाहेको थियो । तर नेपालबाट प्रष्ट निर्देशन नजाँदा त्यो विषय अन्योलमा मात्र होउयइन नेपाललाई प्राप्त हुन लागेको बैदेशिक रोजगारीको त्यो आकर्षक अवसर नै गुम्ने हो कि भन्ने अवस्था रहेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सन् २००५ को नेपाल–कतारबीचको श्रम सम्झौताको मापदण्डभित्र रहेर मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएपछि अहिले कतार प्रहरीमा नेपाली पठाउने विषय निर्णायक मोड लिएको हो ।

सरकारको अनुमति बिना यसअघि गत फागुनमा केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको भन्ने विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छापा मारी कारबाही गरेको थियो । विभागले छनोट प्रक्रियामा कसैले रकम उठाएको भए उजुरी दिन पटक–पटक आग्रह गरेपनि उजुरी भने पर्न सकेको थिएन ।

शुरुमा कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासमा दुई सय जनाको मागपत्र पेश गरेको तर पछि नेपालले अलमल गरेपछि त्यो प्रक्रिया त्यत्तिकै रहेको श्रोतले बतायो । कतारको अन्य क्षेत्रमा दुई वर्षको करार अन्तर्गत नेपाली कामदार जाने गरेका छन् । तर कतारले आफ्नो प्रहरीको सहयोगका लागि लैजान नेपालीलाई शुरुमा करारका माध्यमबाट तीन वर्षका लागि भर्ना गर्ने र पछि कार्य दक्षताका आधारमा करार अवधि बढाउन खोजेको बताइएको छ । 

कतार प्रहरी भनेपनि नेपालीले कतारको कोर पुलिस फोर्सको जिम्मेवारीमा काम नगरी सहायक फोर्समा काम गर्ने बताएइको छ । उनीहरुले हतियार बोक्नु पर्ने छैन । उचाई ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने छन् । रेशमराज पौडेलले मध्यान्ह दैनिकमा यो समाचार लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै