२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

१६ भाद्र २०७८, बुधबार ०८:२६

भदौ १६, काठमाडौँ | वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्छ । उहाँ सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ।

आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा जानुभएको थियो । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताउनुभयो ।

आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा हुनुहुन्छ । विनिताले भन्नुभयो, “श्रीमान्लाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।” 

विनिताले थाहा पाएसम्म उहाँका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा जानुभएको थियो । उहाँसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताउनुभयो । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो