२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा !

१७ भाद्र २०७८, बिहीबार ०६:११

भदौ १७, काठमाडौं । इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा देखिएको भन्दै इजरायल स्थित नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था – MASHAV द्वारा संचालित परियोजना "Learn & Earn" अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भई विभिन्न ५ वटा ईजरायली कृषि केन्द्रहरुमा ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल गएका नेपाली विद्यार्थीहरुमध्ये १० जना सम्पर्क विहिन भएको भन्दै दूतावासको ध्यानाकर्षण भएको जनाएको हो ।

"देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएकोमा कुनै सन्देह नहोला । २/४ जनाको वदमासीले गर्दा वार्षिक ५०० जनाको ढोका बन्द गरिनु अपराध हो । दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक १००० पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ।" दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ।

हालसम्म Sedot Negev Agriculture Training Center बाट ४ जना, Ashkelon स्थित The External Studies Institute बाट २ जना, Kinneret स्थित कलेजबाट २ जना र Arava International Center for Agriculture Training बाट २ जना सम्पर्क विहिन भएका दुतावासले जनाएको छ । साथै, विद्यार्थी बाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्क विहिन भएको पाइएकोले उनीहरु सबैको खोजी भइरहेको दुतावासले जनाएको छ ।

सम्पर्क विहीन भएका मध्ये  केहीको पत्तो लागिसकेकोले प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दुतावासले जनाएको छ।

सम्पर्क विहिन विद्यार्थी लगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन दुतावासले अनुरोध गरेको छ । सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने दुतावासको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो