२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा !

२०७८, १७ भाद्र बिहीबार ०६:११

भदौ १७, काठमाडौं । इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा देखिएको भन्दै इजरायल स्थित नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था – MASHAV द्वारा संचालित परियोजना "Learn & Earn" अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भई विभिन्न ५ वटा ईजरायली कृषि केन्द्रहरुमा ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल गएका नेपाली विद्यार्थीहरुमध्ये १० जना सम्पर्क विहिन भएको भन्दै दूतावासको ध्यानाकर्षण भएको जनाएको हो ।

"देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएकोमा कुनै सन्देह नहोला । २/४ जनाको वदमासीले गर्दा वार्षिक ५०० जनाको ढोका बन्द गरिनु अपराध हो । दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक १००० पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ।" दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ।

हालसम्म Sedot Negev Agriculture Training Center बाट ४ जना, Ashkelon स्थित The External Studies Institute बाट २ जना, Kinneret स्थित कलेजबाट २ जना र Arava International Center for Agriculture Training बाट २ जना सम्पर्क विहिन भएका दुतावासले जनाएको छ । साथै, विद्यार्थी बाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्क विहिन भएको पाइएकोले उनीहरु सबैको खोजी भइरहेको दुतावासले जनाएको छ ।

सम्पर्क विहीन भएका मध्ये  केहीको पत्तो लागिसकेकोले प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दुतावासले जनाएको छ।

सम्पर्क विहिन विद्यार्थी लगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन दुतावासले अनुरोध गरेको छ । सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने दुतावासको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै