२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगार: २ हजार ६९६ आवेदन अस्वीकृत, २८ गतेको परीक्षाको लागि १० नियम

२०७८, २३ भाद्र बुधबार ०३:१४

भदौ २३, काठमाडौं | इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारको लागि जान आवेदन दिएकामध्ये २ हजार ६९६ जनाको आवेदन अस्वीकृत भएको छ । वैदेशिक रोजगार विभागले मंगलबारसम्म रुजु गरेर साउन १२ देखि ३२ गतेसम्म अनलाइन परेका आवेदनको रुजु गर्ने क्रममा ठूलो संख्यामा आवेदनहरु अस्वीकृति गरिएको हो । 

वैदेशिक रोजगार अन्तर्गत नेपाल सरकार र इजरायली सरकारबीच सम्झौता भए बमोजिम (जिटुजि) मोडलबाट रोजगारीमा पठाउनको लागि आगामी भदौ २८ गते लिखित भाषा परीक्षा हुँदैछ । जसको लागि स्वीकृत भएका ७ हजार ३ जनाले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । बिभागले अनलाइन आवेदन परेकाहरुको तोकिएको मापदण्ड तथा योग्यता नपुगेको कारण आवेदन अस्वीकृत गरेको जनाएको छ ।

आवेदन दिएकाहरु मध्ये तालिम नलिएका, सिएमए वा अनमीको योग्यता पूरा नगरेकाहरु धेरै छन् । बिभागले दिएको जानकारी अनुसार ७ हजारले इजरायल रोजगारको लागि ८० अंकको भाषा परीक्षामा सहभागी हुनेछन् भने त्यसको नतिजा दुई दिनमै दिने तयारी छ । प्राप्तांकको अधारमा एक हजार ६०० जना छानेर त्यसपछि अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता दिनुपर्नेछ । त्यसमध्ये १ हजार ४०० जना मात्र गोलाप्रथाको लागि छानिनेछन् । छानिएकाहरुको गोलाप्रथा नेपालस्थित इजरायली दुतावासले गर्नेछ । गोलाप्रथाबाट छानिने हुँदा ४०० जनाले इजरायल रोजगारीको अवसर नपाउने बिभागले जनाएको छ । 

बिभागका अनुसार २८ गते हुने भाषा परीक्षाको लागि काठमाडौं उपत्यकाका १६ वटा शैक्षिक संस्थामा परीक्षा केन्द्र तोकिएका छन् । अनलाइन आवेदन स्वीकृत भएकाहरुले https://ferms.dofe.gov.np मा गई आफ्नो युजर आइडी र पासवर्ड मार्फत लगइन गरि प्रवेशपत्र प्राप्त गर्न सक्छन् । जसलाई प्रिन्ट गरि तोकिएको परीक्षा केन्द्रमा परीक्षाको लागि जानुपर्नेछ । परीक्षा दिन तीन घण्टा अगावै जानुपर्ने र आफूसाथमा आफ्नो परिचय खुल्ने कागजपत्र समेत लिएर जानुपर्ने बिभागले जनाएको छ । 


बिभागले गोलाप्रथाबाट अन्तिम छनौट हुने हुँदा इजरायल रोजगारमा जान पाईने आशामा कुनै प्रकारको आर्थिक चलखेल नहुने बताउंदै आएको छ । बिभागले इजरायली पक्षलेनै गोलाप्रथा गर्ने हुँदा भाषा परीक्षा तथा अन्तर्वार्तामा सबैभन्दा अब्बल नम्बर ल्याउने व्यक्तिसमेत गोलाप्रथामा फालिन सक्ने हुँदा कसैले पनि इजरायल रोजगारमा जान ग्यारेन्टी गरेर चलखेल गर्न नसक्ने बताएको छ । 

बिभागका अनुसार भदौ २८ गते हुने परीक्षाको लागि उम्मेदवारहरुले निम्न नियमहरु १० नियम पालना गर्नुपर्ने छ । 

१) परीक्षा दिन आउँदा अनिवार्य रुपमा राहदानी सहित प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न पाइने छैन ।

२) परीक्षा हलमा मोबाइल फोन ल्याउन पाइने छैन ।

३) लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने दिनमा पनि प्रवेशपत्र ल्याउनु आनिवार्य छ।

४) उम्मेदवारले परीक्षा दिएको दिनमा हाजिर अनिवार्य रुपले गर्नुपर्नेछ ।

५) विभागले सूचनाद्वारा निर्धारण गरेको कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ।

६) बिरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा विभाग जवाफदेही हुने छैन ।

७) परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडि घण्टीद्वारा सूचना गरेपछि परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत परीक्षा शुरु भएको १५ मिनेट पछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छैन ।

८) परीक्षा हलमा उम्मेदवारले परीक्षाको मर्यादा विपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून बमोजिमको कारवाही गर्नेछ र त्यसरी निष्काशन गरिएको उम्मेदवारको सो विज्ञापनको परीक्षा स्वतः रद्द भएको मानिने छ ।

९) परीक्षा हलमा प्रवेश गरेपछि किताब, कापी, कागज, चिट आदि आफू साथ राख्नु हुँदैन । उम्मेदवारले आपसमा कुराकानी र संकेत समेत गर्नु हुँदैन ।

१०) कुनै उम्मेदवारले प्रश्नपत्रमा रहेको अस्पष्टताको सम्बन्धमा सोध्नु पर्दा पनि परीक्षामा सम्मिलित अन्य उम्मेदवारहरुलाई बाधा नपर्ने गरी निरीक्षकलाई सोध्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित