गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुकुममा उद्योग दर्ता हुने क्रम बढ्यो

३२ श्रावण २०७३, मंगलवार १३:००

गणेश सिर्पाली/साउन ३२, रुकुम । रुकुममा वितेको आर्थीक वर्षमा १०४ ओटा व्यक्तिगत फर्म र एउटा प्रालि सहित १०५ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु उद्योग ३ ओटा र साना उद्योग १०२ ओटा गरी कुल १०५ ओटा उद्योग दर्ता भएका हुन् । 

जसमा उत्पादन मुलक ११ ओटा, कृषि तथा वन जन्य ५४ ओटा र सेवामुलक ४० ओटा रहेका छन् । आर्थीक वर्ष २०७१÷०७२ को तुलनामा वितेको आर्थीक वर्ष २०७२÷०७३ मा २० ओटा बढी उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रुकुमले जनाएको छ । 

समितिका अनुसार ०७१÷०७२ मा जिल्लामा ८५ ओटा उद्योग दर्ता भएका थिए । गतवर्ष दर्ता भएका उद्योगबाट १६५ महिला र १८२ पुरुषले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ५ लाख २१ हजार २ सय ४४ रुपैंया राजश्व संकलन भएको उद्योग अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यसैविच गत वर्ष २६५ ओटा विभिन्न व्यापारिक पसलहरु दर्ता भएका छन् । जसबाट ४० जना महिला र १८५ जना पुरुषले रोजगारी पाएका छन भने १० लाख ५० हजार ७ सय ४० रुपैंया राजश्व संकलन भएको छ । 

कानुनी रुपमा व्यवशाय दर्ता गर्नुपर्छ भन्ने चेतनाको विकास भएका कारण जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको उद्योग अधिकृत आचार्यले बताउनुभयो । विभिन्न सेवा सुविधा पाउन सजिलो हुने र बिदेशबाट फर्केका युवाहरु व्यवशायतर्फ आकर्षित बनेका कारणपनि उद्योगहरु थपिएको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान