2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा एक सातामै १७ हजार भन्दा बढी विदेशी पक्राउ

भदौ २३, काठमाडौं । साउदी अरवमा एक सातामै १७ हजार ५ सय ९८ विदेशी त्यहाँको श्रम कानुन उल्लंघनको आरोपमा पक्राउ परेका छन् । यसका लागि विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँच गरेको साउदी अरवको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

गत सेप्टेम्वर २ देखि ९ को बीचमा जवाजतले सञ्चालन गरेको अभियानका क्रममा ति विदेशी नागरिक पक्राउ परेको सञ्चार माध्यमले लेखेका छन् । पक्राउ परेका मध्ये केहि व्यक्ति भनें साउदी अरबबाट भाग्ने क्रममा पक्राउ परेको जनाइएको छ । बहुसंख्यक भनें भिसाको म्याद सकिएर पनि साउदी अरबमा नै बसिरहेकाहरु रहेका छन् । यसैगरी केहि व्यक्ति भनें अवैधानिक रुपमा बस्दै आएकाहरुलाई आश्रय दिएको अभियोगमा पक्राउ परेको जनाइएको छ ।

पक्राउ परेकाहरु मध्ये गम्भीर फौजदारी अभियोग लागेका बाहेकलाई उनीहरुको देश फर्काउन सम्वन्धित मुलुकको दूतावासमा जानकारी गराइसकिएको समाचारमा जनाइएको छ । साउदी अरबको आन्तरिक मन्त्रालयले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई पक्राउ गर्ने अभियान जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै