२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई

२०७८, २७ भाद्र आईतवार १५:५२

भदौ २७, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन् ।  समाजको आइतबार सम्पन्न १२औं साधारणसभाले आगामी २ वर्षका लागि उद्धवराज भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।


भट्टराई यसअघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका थिए ।  नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् ।

समाजको सल्लाहकारमा मदनकुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । १२ औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको छ ।

वैदेशिक रोजगार पत्रकार समाज श्रम तथा वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने संचारकर्मीको साझा संस्थाको रुपमा विगत १३ वर्षदेखि क्रियाशिल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै